Comments Add Comment

अशोकको ‘जय भोले’ घोषणा, खगेन्द्र र स्वस्तिमाको जोडी पर्दामा


पुराना निर्माता तथा निर्देशक अशोक शर्माले १२ बर्षपछि नयाँ चलचित्र निर्देशन गर्न लागेका छन् । उनले निर्देशन गर्न लागेको चलचित्र ‘जय भोले’को घोषणा गरिएको छ । यो सामाजिक कमेडी कथामा निर्माण हुने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

यो चलचित्रमा कलाकार खगेन्द्र लामिछानेको अभिनयसँगै पटकथा समेत रहनेछ । फागूण १ गतेबाट चलचित्रको छायांकन हुनेछ । आउँदो बर्षको दशैको फूलपातिमा चलचित्र रिलिज हुने अशोकले जानकारी गराए । चलचित्रमा खगेन्द्रका अलवा सौगात मल्ल, स्वस्तिमा खड्का, सलोन बस्नेत, राजाराम पौडेलको मुख्य भूमिका रहनेछ ।

अशोकको आफ्नै कम्पनी फिल्म वल्र्ड प्रालि र एए ग्रुप अफ कम्पनिजको ब्यानरमा यो चलचित्र निर्माण हुन लागेको हो । यो चलचित्रले दुई केटा साथीविचको मित्रता र प्रेमलाई उठान गरेको छ । निर्देशक अशोक शर्माले पत्रकार सम्मेलनमा भने-‘१२ बर्षपछि मेरो क्रियशन अझै निखारिएर आउनेछ ।’ उनले नयाँ र पुराना पुस्ताको फ्यूजनको रुपमा यो चलचित्र बन्ने बताए ।

१ करोड ६० लाखको बजेटमा यो चलचित्र निर्माण हुनेछ । झापा, इलाममा यो चलचित्रको छायांकन हुनेछ । चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन, राजनराज शिवाकोटी र कल्याण सिंहको संगीत, राजु ढुंगानाको सम्पादन, बसन्त श्रेष्ठको नृत्य र रोशनविक्रम भट्टराईको एक्सन रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment