Comments Add Comment

प्रदेश ३ को मुख्यमन्त्री अष्टलक्ष्मी कि डोरमणि ?

२६ माघ, काठमाडौं । एमाले प्रदेश ३ को संसदीय दलका नेता छान्न मातदान सुरु भएको छ । चुनावबाट जो दलको नेता बन्छन्, उही प्रदेशको मुख्यमन्त्री हुनेछन् ।

एमाले दलको नेताका लागि अष्टलक्ष्मी शाक्य र डोरमणि पौडेल चुनावी मैदानमा छन् ।

मुख्यमन्त्रीका दावेदार राजेन्द्र पाण्डेले उम्मेदवारी नै दिएनन् । पाण्डेले अन्तिम समयमा आएर उनले उपाध्यक्ष एवं प्रदेश इञ्चार्ज समेत रहेकी शाक्यलाई समर्थन गरे ।

शाक्यको प्रस्तावकमा पशुपति चौलागाई र समर्थनमा राजेन्द्रमान श्रेष्ठ छन् भने प्रदेशसभाका जेष्ठ सदस्य समेत रहेका पौडेलको प्रस्तावकमा केशव स्थापित र समर्थकमा कैलाश ढुंगेल छन् ।

एमालेभित्रको गुटका आधारमा अष्टलक्ष्मी माधव नेपाल समूहका हुन् भने पौडेल ओली समूहका हुन् । तर, यो पटक एमाले नेतृत्वले न त सहमतिको प्रयास गर्‍यो त आन्तरिक चुनावलाई गुटका आधारमा खुलेर समर्थन नै गरेको छ ।

प्रदेश ३ मा एमालेका ५८ सांसद छन् । ५८ मध्ये ओली पक्षमा ३४ जना रहेको दावी गरिएको छ । महिला र पार्टीको सिनियर नेता भएका कारण अष्टलक्ष्मीले ओली समूहका मत पनि तान्न सक्ने अनुमान नेपाल पक्षको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment