Comments Add Comment

मुख्यमन्त्रीको दौडबाट पछि हटेका जीवनको समर्थन कसलाई ?

२६ माघ, विराटनगर । प्रदेश १ को मुख्यमन्त्रीको दावेदार जीवन घिमिरे अन्तिम समयमा पछि हटेका छन् । अब भीम आचार्य र शेरधन राई दलको नेताका लागि चुनावी मैदान उत्रिएका छन् र चुनावबाट जो दलको नेता बन्छन्, उनै मुख्यमन्त्री हुनेछन् ।

दिउँसो २ बजेबाट मतदान हुनेछ ।

दलको नेताका लागि उम्मेदवारी दिएका राई संस्थापन पक्षका हुन् भने आचार्य झलनाथ खनाल-माधव नेपाल पक्षका हुन् ।

राईको प्रस्तावकमा हिक्मत कार्की छन् भने जगदिश कुसियत समर्थन बसेका छन् । आचार्यको प्रस्तावक गणेश काङमाङ र समर्थक तुलसी न्यौपाने बसेका छन् ।

पछिल्ला समय पार्टीभित्र आचार्यको आलोचना बढेको र माथिल्लो तहका नेताहरु पनि सन्तुष्ट नरहेको अनुमान गर्दै नेपाल समूहको वैकल्पिक नेता बन्ने दाउसहित घिमिरेले मुख्यमन्त्री दाबी गरेका थिए । तर, अन्तिममा पछि हटेका छन् ।

एमाले सचिव योगेश भट्टराई आफैं विराटनगर पुगेर घिमिरेलाई मुख्यमन्त्रीको दौडबाट पछि हट्न सहमत गराएका हुन् । तर उनले दलको चुनावमा भीम आचार्यलाई समर्थन गर्ने सम्भावना भने निकै कम रहेको स्रोतको दाबी छ ।

घिमिरेलाई आफ्नो पक्षमा तान्न संस्थापन पक्षले लगातार प्रयास गरिरहेको छ ।

एमाले सचिव योगेश भट्टराई आफैं विराटनगर पुगेर घिमिरेलाई मुख्यमन्त्रीको दौडबाट पछि हट्न सहमत गराएका हुन् । तर उनले दलको चुनावमा भीम आचार्यलाई समर्थन गर्ने सम्भावना भने निकै कम रहेको स्रोतको दाबी छ ।

पोलिटब्यूरो सदस्य एव मोरङ ३ का सा‌ंसद भानुभक्त ढकाल लगायतकानेताहरु भने शेरधन राईलाई संसदीय दलको नेता बनाउने लविङ गरिरहेका छन् ।

प्रदेश १ मा एमालेले प्रत्यक्षतर्फ ३६ र समानुपातिकतर्फ १५ सिट गरी कुल ५१ सिट जितेको छ । संसदीय दलको नेता चुन्न निर्वाचन भएमा २६ मत आवश्यक पर्छ ।

विगतमा भएको निकटताको आधारमा प्रदेश संसदमा नेपाल समूहको भारी बहुमत छ । नेपाल समूहका २९ जना छन् भने ओली समूहका २० जना देखिएका छन् ।

२ जनाको समूहगत आबद्धता खुलेको छैन । तर, आचार्यको सवालमा माधव नेपाल पक्षका आधा दर्जन सांसद मत नदिने ओली पक्षकोे विश्लेषण छ । आचार्यको रुखो छवि र स्थानीय निर्वाचनको समयमा उम्मेदवारलाई टिकट बाँड्दा पैसा लिएको आरोप लागेपछि उनीविरुद्ध यहााका नेता आक्रोशित थिए ।

आचार्य समूहले आफ्नो पक्षमा मत दिने वनाएको सूचीमा समानुपातिक सा‌ंसदको संख्या वढी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment