Comments Add Comment

शौचालयको सेप्टिक ट्यांकी गैँडा फस्यो, हात्तीको सहयोगमा उद्धार

२७ माघ, चितवन । चितवनको सौराहास्थित शौचालयको सेप्टिक ट्यांकीमा फसेको गैँडाको शनिबार बिहान सकुसल उद्धार गरिएको छ ।

क्रममा सौराहा आसपास घुम्दै हिँड्ने गैँडा राती आवतजावत गर्ने क्रममा एक घरमा बनाइएको शौचालयको सेप्टिक ट्यांकीमा फसेको थियो । सेफ्टी ट्यांकीको बिर्को(ढकन) भासिन गई गैँडाभित्र पस्न पुगेको थियो ।

राति नै हात्तीसहित पुगेको निकुञ्जका कर्मचारी र सेनाको टोलीले गैँडाको उद्धार गरेको चितवन राष्ट्रिय निकुञ्जका पशुस्वास्थ्य प्राविधिक पुरुषोत्तम पाण्डेले जानकारी दिए । उनकाअनुसार सेफ्टी ट्यांकी भत्काई बाटो बनाएर गलको सहयोगमा गैँडालाई निकालिएको हो ।

यसैबीच चितवन राष्ट्रिय निकुञ्जले आसपास क्षेत्रको घर वरपर बनाइएका खाल्डाखुण्डी पुरेर सुरक्षित राख्न मध्यवर्ती क्षेत्रका बासिन्दालाई अपिल गरेको छ । यस्ता खाडल पुर्न र सेप्टिक ट्यांकी, गोबर ग्यासका लागि बनाएको स्थानलाई सुरक्षित राख्न निकुञ्जको पूर्वी सेक्टर कार्यालय चितवनले सार्वजनिक सूचना नै जारी गरी अपिल गरेको हो ।

यस्ता खाल्डाखुल्डीमा बाघ, गैँडा, हात्ती तथा दुर्लभ वन्यजन्तु परेर फस्ने तथा मृत्युसमेत हुनसक्ने भएकाले ध्यानाकर्षण गराइएको निकुञ्जको पूर्वी सेक्टर कार्यालयका प्रमुख अभिनय पाठकले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment