Comments Add Comment

नेपाल र यूएईबीचको खेल ३४ ओभरमा घटाइयो, टस जितेर नेपाल फिल्डिङमा

२८ माघ, काठमाडौं । आईसीसी वर्ल्ड क्रिकेट लिग डिजिन टू मा आइतबार हुने नेपाल र यूएईबीचको खेल ३४ ओभरमा घटाइएको छ ।

मैदान ओसिलो भएपछि ढिला गरी सञ्चालन हुन लागेको खेलमा ओभर घटाइएको हो ।

खेलमा टस जितेर  नेपालले  फिल्डिङ रोजेको छ ।

नेपाली समय अनुसार ४ : १० मा सुरु हुने नेपाली क्रिकेट टोलीका टेक्निकल म्यानेजर रमण शिवाकोटीले जानकारी दिए ।

नेपालले आइतबार यूएईसँग खेल्ने खेल डिभिजन टू मा  तेस्रो हो । यसअघि नेपालले नामिबियाविरुद्धको खेल जितेकाे थियो भने ओमानसँग पराजित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment