Comments Add Comment

प्रदेश ३ को मुख्यमन्त्रीमा डोरमणि नियुक्त, सपथ भोलि

२८ माघ, हेटौंडा । प्रदेश ३ को मुख्यमन्त्रीमा डोरमणि पौडेल नियुक्त भएका छन् । एमाले प्रदेशसभा संसदीय दलका नेता पौडेल वाम गठबन्धनको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।

एमाले र माओवादीले आइतबार मात्र पौडेललाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखलाई पत्र पठाएका थिए ।

११० सदस्यीय प्रदेशसभामा एमाले एक्लैको बहुमत (५८ सांसद) छ । २३ सांसद रहेको माओवादी केन्द्रले पनि मुख्यमन्त्रीमा पौडेललाई समर्थन गरेको छ ।

दुर्इ दलको पत्र पाएपछि प्रदेश प्रमुख अनुराधा कोइरालाले  आइतबार नै साँझ पौडेललाई मुख्यमन्त्री नियुक्त गरेकी छन् ।

भोलि विहान ८ बजे सपथ तय भएको छ ।  भोलि विहान साढे ९ बजे सपथ राखिएको प्रदेश प्रमुख कार्यालयका सचिव चतुर्भुज ज्ञवालीले जानकारी दिए ।

पौडेलले प्रदेश प्रमुख कोइराला समक्ष मुख्यमन्त्रीको पद तथा गोपनीयताको सपथ लिनेछन् । लगतै साढे ११ बजे पदबहालीको कार्यक्रम रहेको मुख्यमन्त्री कार्यालयका सचिव रेश्मीराज पाण्डेले जानकारी दिए ।

पौडेल शुक्रबार संसदीय दलको नेता चुनिएका थिए । दलको नेता चुन्न भएको चुनावमा उनले पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई हराएका थिए ।

प्रदेश ३ को सभामुखमा एमालेकै सानु श्रेष्ठ र उपसभामुखमा माओवादीकी राधिका तामाङ निर्विरोध निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment