Comments Add Comment

म्यानचेस्टर युनाइटेडको हारले सिटीलाई फाइदा

२९ माघ, काठमाडौं । इङ्गलिस प्रिमियर लिगअन्तर्गत आइतबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड न्यू क्यासलसँग पराजित भएको छ । न्यू क्यासलले आफ्नो घरेलु मैदानमा दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडलाई १–० को हार चखायो ।

खेलको ६५ औं मिनेटमा न्यूक्यासलका एम रिचीले गरेको गोल नै निर्णायक बन्यो ।

अंक तालिकामा म्यानचेस्टर सिटी ७२ अंकसहित पहिलो स्थानमा छ । ५६ अंकसहित म्यानचेस्टर युनाइटेड दोस्रो स्थानमा छ ।

आइतबार नै भएको अर्को खेलमा लिभरपुलले साउथ ह्याम्पटनलाई २–० ले हराएको छ । लिभरपुलको जितमा रोबर्टो फिरमिनोले छैटौं र मोहम्मद सालहले ४२ औं मिनेटमा गोल गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment