Comments Add Comment

नेयमारले एक दिन रियल मड्रिडका लागि खेल्नेछन्ः मार्सेलो

२९ माघ, काठमाडौं । यो बुधबार हुने च्याम्पियन्स लिगको खेलअघि पेरिस सेन्ट जर्मेनलाई अक्रोसित बनाउने प्रयास हुनसक्छ । तर, मार्सेलोले दाबी गरेका छन् कि नेयमारले एक दिन रियल मड्रिडका लागि खेल्नेछन् ।

नकआउट चरणको पहिलो लेग खेल्न नेयमारसहित पीएसजीको टोली स्पेनको राजधानी आइपुग्दैछ ।

एउटा अन्तर्वार्तामा मार्सेलोले भनेका छन्, ‘मलाई लाग्छ, नेयमारले एक दिन रियल मड्रिडका लागि खेल्नेछन् ।’

‘नेयमार मड्रिडमा फिट हुन्छन् ? पक्का फिट हुन्छन् । र, यदि उनी रियल मड्रिड आए अधिक हुनेछ ।’

साविक विजेता रियल मड्रिडले यो सिजन ला लिगामा खराब प्रदर्शन गरिरहेको छ । तर, पीएसजीसँग खेल्नुअघि रोनाल्डोले हृयाट्रिक गरेका छन्, जसले टिमको मनोबल बढाएको छ ।

पीएसजी भने निकै लयमा देखिएको छ । यो दुई टिमको अन्तिम १६ को खेललाई धेरैले फाइनलकै रुपमा हेरेका छन् । मार्सेलो पनि यो तर्कसँग सहमत छन् ।

‘मलाई लाग्छ, यो एक फाइनल हुनसक्छ । सबैले यो खेलको प्रतिक्षा गरेका छन्,’ उनले भने ।

मार्सेलोले टिममेट क्रिष्टियानो रोनाल्डो बेर्नाबाउमा खुसी नरहेको भन्ने खबरहरुलाई अस्वीकार गरेका छन् । ‘मलाई लाग्दैन कि यो सत्य हो । यदि उनी खुसी नभएको भए यहाँ हुन्नथे,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment