Comments Add Comment

श्रीमानबाट आगो लगाइएकी घाइते युवतीको मृत्यु

२९ माघ, काठमाडौँ । श्रीमानबाट शरिरमा मट्टीतेल छर्किएर आगो लगाएपछि गम्भीर घाइते भई कीर्तिपुरस्थित स्किन अस्पतालमा भर्ना भएकी एक युवतीको आज मृत्यु भएको छ ।

धनुषा सिरेश्वर नगरपालिका–८ की २४ वर्षीया फातिमा हजरा खातुनलाई केही दिनअघि श्रीमानले सम्बन्धविच्छेद गर्न दबाब दिँदा नमानेपछि शरीरमा मट्टीतेल छर्किएर आगो लगाएका थिए ।

अागोले शरीरको झण्डै ६० प्रतिशत भाग जलेको अवस्थामा गत माघ २५ गते सो अस्पतालमा भर्ना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment