+
+
Shares

नयाँ सरकार र पार्टी एकता सँगसँगैः भीम रावल

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ २९ गते १७:०१

२९ माघ, काठमाडौँ । एमाले उपाध्यक्ष भीम रावलले सरकार गठबन र एमाले-माअवादी एकता सँगसँगै हुने बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालमा सोमबार आयोजित साक्षात्कारमा उपाध्यक्ष रावलले अब एक हप्ताभित्रमा सरकार गठन हुने बताए ।

देशले राजनीतिक स्थिरता र स्वाधीनतासँगै समृद्धि चाहिरहेको भन्दै उपाध्यक्ष रावलले जतिसक्दो चाँडो पार्टी एकता आवश्यक रहेको बताए । पार्टी एकता बारे पार्टीभित्र र बाहिर विभिन्न धारणा आउनु स्वाभाविक भएको भनाइ छ ।

फरक एक सन्दर्भमा नेता रावलले देउवा सरकारले गरेका निर्णयहरू देश र जनताको चाहना विपरीत भएकोले नयाँ बन्ने सरकारले स्वीकार गर्न नसक्ने बताएका छन् । ‘वर्तमान सरकारले निर्वाचन आचारसंहिता, देश र जनताको चाहना विपरीत गरेका विभिन्न निर्णयहरू आगामी सरकारले पुनरावलोकन गर्नेछ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?