Comments Add Comment

बुद्धको ४० लाखको मूर्ति किनबेच गर्दागर्दै २ जना पक्राउ

सांकेतिक फोटो

२९ माघ, काठमाडौं । बुद्धको प्राचीन मूर्तिको बेचिबखन गरेको आरोपमा प्रहरीले काठमाडौंबाट दुई जनालाई पक्राउ गरेको छ ।

नागार्जुन नगरपालिका ५ रानीपाटीमा बुद्धको पुतात्विक महत्वको मूर्ति बेचबिखन गर्न लागेका बेला काभ्रे तिमालका ३७ वर्षका आकाश कार्की र सिन्धुपाल्‍चोकका ४३ वर्षका शेरप लामा पक्राउ परेका हुन् । कार्कीले मूर्ति बेचेको र लामाले किन्न लागेको प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीले जानकारी दिएको छ ।

उनीहरुको साथबाट प्रहरीले ४ किलो ८ सय ग्राम तौल र ७ दशमलव २ इन्च उचाइ भएको मूर्ति प्रहरीले बरामद गरेको छ । यो मूर्तिको मूल्य ४० लाख  रुपैयाँ पर्ने प्रहरीको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment