Comments Add Comment

पीएसजी बलियो टिम हो तर, हामीसँग अनुभव छः रोनाल्डो


१ फागुन, काठमाडौं । क्रिष्टियानो रोनाल्डोले स्वीकार गरेका छन् कि पेरिस सेन्ट जर्मेलाई हराउन रियल मड्रिड आफ्नो लयमा फर्किनुपर्छ ।

च्याम्पियन्स लिगमा पीएसजीसँग खेल्नुअघि रोनाल्डोले रियल सोसिडाडविरुद्ध ह्याट्रिक गरेका छन् । उनले एक अन्तर्वार्तामा भनेका छन्, ‘च्याम्पियन्स लिगमा अघिल्लो चरणमा पुग्न हामीले निकै ध्यान दिनुपर्छ र दुई शानदार खेल खेल्नुपर्छ ।’

रोनाल्डोले पीएसजी उत्कृष्ट खेलाडीहरु भएको बलियो टिम भएको तर रियल मड्रिडले पटकपटक थुप्रै अनुभवी खेलाडीहरुको बलियो टिम भएको प्रमाणित गरिसकेको बताए ।

उनले भने, ‘हामी पीएसजीलाई सम्मान गर्छौं तर हामी धेरै एकतावद्ध छौं ।’

यो सिजन रोनाल्डोसँगै रियल मड्रिडको प्रदर्शन पनि राम्रो हुन सकेको छैन । उनले भने, ‘यद्यपि, अनुभवले मलाई सिकाएको छ कि लक्ष्य प्राप्त गर्न कडा मेहनत गर्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment