Comments Add Comment

अष्ट्रेलियामा सुरभी र सतिसको प्रेम

चलचित्रका गीतमा मात्र होइन, म्यूजिक भिडियो छायांकनमा पनि अहिले मेकरहरुले खर्च गर्न थालेका छन् । भिडियोका लागि विदेशी भुमीलाई छायांकनको गन्तव्य समेत बनाउन थालिएको छ ।

महंगो रकम खर्च गरेर अष्ट्रेलियामा ‘म सधै’ बोलको गीतको भिडियो खिचिएको छ । प्रेम दिवसलाई लक्षित गरेर यो गीतको भिडियो सार्वजनिक गरिएको छ ।
मायाको बिषयमा तयार पारिएको यो भिडियोमा सुरभी मानन्धर, सतिस मानन्धरले मोडलिङ गरेका छन् । सन्दिप श्रेष्ठले यो म्यूजिक भिडियो निर्देशन गरेका हुन् ।

सुवानी मोक्तानको शब्द तथा संगीत रहेको गीतमा सुवानी र कमल खत्रीको स्वर रहेको छ । टेकेन्द्र शाहले सम्पादन गरेको भिडियो सौरभ मानन्धरले छायांकन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment