Comments Add Comment

भारतीय रियालिटी शोका जज को कति महंगा ?

मुम्बई । भारतीय टेलिभिजन च्यानलहरुमा अहिले रियालिटी शोको बाढी लागेको छ । यस्ता रियालिटी शोले विभिन्न विधामा नयाँ कलाकार जन्माउन ठूलो योगदान दिइरहेका छन् ।

हरेक रियालिटी शोमा सम्वन्धित क्षेत्रमा अनुभवि व्यक्तिहरुलाई ‘निर्णायक’ बनाइएको हुन्छ । यस्ता निर्णायक प्राय बलिउडसँग सम्वन्धित हून्छन् । उनीहरुका लागि टेलिभिजन च्यानलहरुले मोटो रकम खर्चिन्छन् । यस अर्थमा रियालिटी शोको निर्णायक बनेर धेरैले पैसा कमाइरहेका छन् । यहाँ हामी केही महंगा जजहरुको बारेमा कुरा गर्दैछौंः

शिल्पा शेट्टीः बलिउड नायिका शिल्पा शेट्टी अहिले अभिनयबाट टाढिएकी छिन् । तर, पनि बलिउडसँग उनको साइनो घनीभुत छ । शिल्पाले डान्स रियालिटी शो ‘सुपर डान्स’ को ‘जज’ गरेकी थिइन् । उक्त कार्यक्रम सञ्चालन गरेवापत उनले १४ करोड भारु पारिश्रमिक पाएकी थिइन् । त्यस बाहेक ‘नच बलिए’, ‘बिग बोस’ र ‘जरा नच के दिखा’मा पनि उनी जज थिइन् ।

मलाइका अरोडाः बलिउडमा केही आइटम डान्स गरेकी मलाइका अरोडाले ‘इन्डियाज गट ट्यालेन्ट’, ‘झलक दिखला जा’, ‘इण्डियाज नेक्स्ट टप मोडल’ लगायतका कार्यक्रमको जज भइन् । उनले ‘इण्डियाज गट ट्यालेन्ट’ मा एक सिजनका लागि १ करोड रुपैंया पारिश्रमिक लिएकी थिइन् । तर, अहिले उनको पारिश्रमिक निकै महंगो छ ।

करण जौहरः टेलिभिजन शोमार्फत राम्रो कमाई गर्ने अर्का निर्माता हुन् निर्देशक करण जौहर । उनले ‘झलक दिखला जा’ का लागि १० करोड पारिश्रमिक लिने गरेका छन् ।

गीता कपुरः गीता माँको नामबाट प्रसिद्धी पाएकी गीता कपुरले टेलिभिजनमा ‘डान्स इण्डिया डान्स’ बाट जज बन्न सुरु गरेकी थिइन् । पछि उनी सुपर डान्सरको जज बनिन् । उनले पारिश्रमिक स्वरुप ५ करोड लिएकी थिइन् ।

ज्याकलिन फर्नाडिसः केही फिल्ममा अभिनय गरेकी ज्याकलिन फर्नाडिस पनि पछिल्लो समय जजका रुपमा परिचित छिन् । ‘झलक दिखला जा-९’ का लागि उनले प्रतिएपिसोड १ करोड २५ लाख पारिश्रमिक लिएकी थिइन् ।

माधुरी दिक्षितः ‘धक धक गर्ल’ भनेर चिनिने माधुरी दिक्षितले ‘झलक दिखला जा’का केही श्रृङ्खलामा जजको भुमिका निर्वाह गरिन् । उनी प्रति एपिसोड एक करोड पारिश्रमिक लिन्थिन् ।

सोनाक्षी सिन्हाः ‘नच बलिए सिजन-८’ को जज सोनाक्षी सिन्हाले गरेकी थिइन् । उनको पारिश्रमिक थियो प्रति एपिसोड १ करोड रुपैंया ।

रेमोः प्रसिद्ध कोरियोग्राफर रेमोले पनि केही डान्स रियालिटी शोको जज गरेका छन् । ‘डान्स प्लस’को जज भएवापत उनले प्रति एपिसोड २ करोड ५ लाख रुपैंया लिएका थिए ।

अनुराग बसुः बलिउड निर्देशक अनुराग बसु अर्का महंगा जज हुन् । ‘इन्डियाज वेस्ट ड्रामाज’ र ‘सुपर डान्सर’ रियालिटी शोका लागि उनले एक सिजनका लागि ७ करोड पारिश्रमिक लिएका थिए ।

शाहिद कपुरः अभिनेता शाहिद कपुरले पनि डान्स रियालिटी शो ‘झलक दिखला जा’ को जज गरेका थिए । उनले उक्त कार्यक्रमबाट एक करोड ७५ लाख पारिश्रमिक लिएका थिए । केही शोपछि उनले कार्यक्रम छाडेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment