शनिबार, १२ फागुन, २०७४
OnlineKhabar.com

ढिलो छिटो प्रधानमन्त्री हुन्छु : प्रचण्ड

अनलाइनखबर

फाइल फोटो

१ फागुन, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफू ढिलोछिटो प्रधानमन्त्री हुने बताएका छन् ।

गृहजिल्ला चितवनमा आयोजित एक कार्यक्रममा प्रचण्डले भने, ‘अहिले टुंगिएको त छैन । तर, ढिलो छिटो प्रधानमन्त्री भएर आउँछु ।’

उनी अघि बोल्ने क्रममा कांग्रेस प्रतिनिधिले प्रचण्डलाई प्रधानमन्त्री भएर आउन शुभकामना दिएका थिए । आलोपालो प्रधानमन्त्री हुने एमाले र माओवादीको सहमतितर्फ संकेत गर्दै उनले ढिलो छिटो आफू सरकार प्रमुख हुने बताए ।

गरिब भएकाले नोबल पुरस्कार पाइनँ

सम्बोधनका क्रममा प्रचण्डले गरिब देश भएका कारण मात्र आफूले नोेबल पुरस्कार नपाएको बताए । शान्ति सम्झौता गर्ने गिरिजाप्रसाद कोइराला र आफू गरिब देशको भएकाले पश्चिमाहरुले त्यति महत्व नदिएको उनको तर्क थियो ।

यद्यपि अहिले पश्चिमाहरुले नेपालको शान्ति प्रक्रियाबारे अध्ययन थालेको थाहा पाएको उनले बताए ।

२०७४ फागुन १ गते १५:०६ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

३ प्रतिकृयाहरू प्राप्त
  • SBC लेख्नुहुन्छ    |   २०७४ फागुन १ गते १६:२२

    अहिले नै मौका छ त नेता ज्यु प्रधानमन्त्री बन्ने, काँग्रेसले सपोर्ट गर्न आतुर छ त| राजनीतिक फड्को मारे भै गो नि |

    6
    14
    Share

  • nirvik poudel लेख्नुहुन्छ    |   २०७४ फागुन १ गते १८:४६

    Lenin,Stalin,Mao, Hitlerजस्ताले त पाएनन्।आ होस् के आस् गर्नु।

    0
    0
    Share

  • yogi लेख्नुहुन्छ    |   २०७४ फागुन १ गते २२:१४

    candidate for Nobel prize is neither you nor girija but only candidate is King Gyanendra who peacefully handover the power…

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this