+
+
Shares

न्यूयोर्क बाट यूगान्डा पुगेर मैनालीले गरे १६१ औं पटक रक्तदान

विजय थापा विजय थापा
२०७४ फागुन १ गते १६:१४

न्यूयोर्क/ जहाँ इच्छा, त्यहाँ उपाय भने झैँ चाहना राखियो भने मात्र पनि कुनै कुराले छेक्दैन । अमेरिका जस्तो मुलुकमा समय व्यवस्थापन गर्न गाह्रो पर्ने तथा दुःखले कमाएको पैसा आकाशे यात्रामा खर्च गर्नु चानचुन कुरा हैन ।

यस्ता सबै तगाराहरुलाई चिर्दै न्यूयोर्कका समाजसेवी अर्जुनप्रसाद मैनाली १६१ पटक रक्तदान गर्न न्यू योर्कबाट यूगान्डा गएर रक्तदान गरेका छन् । गैरआवासीय नेपाली संघ युगान्डाले कम्पालामा रक्तदान कार्यक्रम सफलता पूर्बक सम्पन्न गरेको छ ।

‘नेपालीहरूको रगतले यूगान्डियनलाई बचाउदा सरकारले धन्यवाद देअोस् र यो सम्पूर्ण नेपालीको लागि गौरव हो।’ मैनालीले भने । रक्तदान कार्यक्रम गर्न सजिलो होस भन्ने हेतुले ५०० डलर सहयोग समेत मैनालीले पठाएका थिए l

यसको साथै त्यहाका स्थानीयलाई हौसला दिन र रक्तदान गर्न न्यू योर्कदेखि युगान्डा गएको मैनाली बताए l रक्तदाता अर्जुनप्रसाद मैनाली बिशेष अतिथिका रुपमा सहभागी भएका थिए ।

कार्यक्रममा बोल्दै मैनालीले नेपालीहरुले अफ्रीकी मुलुकमा आएर आफ्नो पाखुरामा सुइ घुसारी प्लास्टिकको थैला भरी रगत दिनु चानचुने कुरा नभएको बिचार ब्यक्त गर्दै जीवनमा कमसेकम एकपटक रक्तदान गर्न सबैलाई अनुरोध गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथी ब्लड बैंक युगान्डाका प्रमुख मुगिसा विलियमले युगान्डामा रहेका नेपालीहरुको यस मानवीय कार्यको लागि आभार ब्यक्त गरेका थिए ।

कार्यक्रममा एनआरएनए युगान्डाका अध्यक्ष राजमणी भन्डारी , पूर्बअध्यक्ष रमेश कंडेल, उपाध्यक्ष बिनोद थापा, महासचिव रमेश शर्मा, सचिब गङालाल खरेल, कोषाध्यक्ष मन्जुल पाठक, प्रबक्ता कमल भट्ट लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

एक सय एक जनाले रक्तदान गरेको उक्त कार्यक्रममा नेपाली , भारतिय , पाकिस्तानी , अरबेयिन र स्थानिय युगान्डाका नागरिकहरुले समेत रक्तदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?