Comments Add Comment

चट्याङ लागेर बैतडीमा २२ सैनिक घाइते, पाँचको अवस्था गम्भीर


२ फागुन, डडेल्धुरा । चट्याङ लागेर बैतडीमा नेपाली सेनाका २२ जना घाइते भएका छन् ।घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर छ ।

मंगलबार साँझ ७ः५० बजे परेको चट्याङले शत्रुमर्दन गुल्मका सेनाका जवानहरु घाइते भएको शत्रुमर्दन गुल्मका गुल्मपती सेनानी सुदीप बानियाले जानकारी दिए ।

तालिममा रहेका सेनाका जवानहरु एक्कासि चट्याङ लागेर घाइते भएका हुन् ।

सेनानी बानियाको अनुसार गम्भीर घाइते भएका अमरसिंह आलेमगर, बलराम थापामगर, दिनेशराज भट्ट, धनबहादुर ठनेत र सोनाम लामा तामाङलाई थप उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको छ ।

समान्य घाइते भएका १७ जनाको भने जिल्ला अस्पतालमै उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment