Comments Add Comment

प्रदेश ५ को सभामुखमा घर्ती चयन, उपसभामुख निर्वाचन फागुन ६ गते

२ फागुन, बुटबल । प्रदेशसभा ५ को सभामुखमाा नेकपा माओवादी केन्द्रका पूर्णबहादुदर घर्ती निर्विरोध चयन भएका छन् ।

बुधबार बसेको प्रदेशसभा बैठकमा सांसद दधिराम न्यौपानेले घर्तीलाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए भने अकौ सांसद भूमेश्वर ढकालले समर्थन गरेका थिए ।

सभामुख पदमा अरु कसैको उम्मेदवारी नपरेकाले संविधानको धारा १८२ को उपधारा २ अनुसार घर्ती सभामुखमा निर्विरोध चयन भएका हुन् ।

सभामुख चयन भएपछि घर्तीले नयाँ जिम्मेवारी पूरा गर्न सबै पार्टी र सांसदहरुसँग सहकार्य गरेर अघि बढ्ने बताए ।

उपसभामुखको निर्वाचन भने फागुन ६ गते आइतबारका लागि तोकिएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको सहमति अनुसार यस प्रदेशमा सभामुख माओवादी केन्द्रले पाएको छ । उपसभामुख भने नेकपा एमालेले पाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment