+
+
Shares

निर्वाचन आयोगले राष्ट्रपतिलाई बुझायो चुनावी परिणाम, सरकार गठनको बाटो खुला

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन २ गते १९:५५


२ फागुन, काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम राष्ट्रपतिलाई बुझाएको छ । यससँगै नयाँ सरकार गठनको बाटो खुलेको छ ।

आयोगका पदाधिकारीहरुले शीतल निवास पुगेर राष्ट्रपति विद्या भण्डारीलाई निर्वाचनको सम्पूर्ण मत परिणाम बुझाएका हुन ।

प्रतिनिधिसभा समानुपातिकतर्फका उम्मेदवारहरुको नामावली दलहरुले बुझाएलगत्तै सम्पूर्ण परिणाम राष्ट्रपतिलाई बुझाइएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

समानुपातिकमा एमालेले ४१, कांग्रेसले ४०, माओवादीले १७, राजपा र फोरमले ६-६ सिट पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?