Comments Add Comment

देउवा नेतृत्वको मन्त्रिपरिषद बैठक जारी

३ फागुन, काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषदको अन्तिम बैठक बसिरहेको छ । प्रधानमन्त्री पदबाट राजीनामा दिनुअघि देउवाले प्रधानमन्त्री निवास निवास बालुवाटारमा बैठक आह्वान गरेका हुन् ।

बैठकलगत्तै उनले  देशवासीका नाममा सम्वोधन गर्दै प्रधानमन्त्री पदबाट राजनीनामा दिनेछन् ।

प्रतिनिधिसभामा बाम गठबन्धनको बहुमत आएकाले अब एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्नेछन् । वाम गठबन्धनका नेताहरुले बिहीबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर प्रधानमन्त्रीमा दावी पेस गरिसकेका छन् ।

देउवाको राजीनामापछि बिहीबार नै राष्ट्रपतिले ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment