+
+

क्यान्सर पीडित बालकको सहयोगार्थ ‘ए मेरो हजुर-२’ डीसीमा प्रदर्शन गरिने

विजय थापा विजय थापा
२०७४ फागुन ३ गते १०:५२

वाशिंगटन डिसी/अमेरिकाको भ्रमणमा रहेका नायिका तथा निर्देशक झरना थापा तथा निर्माता सुनिलकुमार थापाको ‘ए मेरो हजुर-२’ डीसीमा प्रदर्शन हुने भएको छ ।

नेपालमा चलचित्र निर्माण गरेपछि युरोपका विभिन्न देशहरुमा ‘ए मेरो हजुर-२’ सफलतापूर्वक प्रदर्शन गरेपछि अमेरिकाको बिभिन्न शहरहरुमा प्रदर्शन गर्ने तयारीमा भइरहेको अवसरमा ‘ए मेरो हजुर-२’ डीसी क्षेत्रमा प्रदर्शन गर्ने निधो गरेका हुन् ।

चलचित्र ४ मार्च २ बजे अमेरिकाको भर्जिनिया राज्यको फल्स चर्च शहरस्थित लोमन प्लाजा चलचित्र मन्दिरमा प्रदर्शन हुने छ ।

उनीहरुले भरतपुरमा रक्त क्यान्सरको उपचार गराइरहेका १० वर्षे बालक विवेक आचार्यको सहयोगार्थ आफ्नो चलचित्र प्रदर्शन गर्ने भएका हुन् ।

विवेक आचार्यलाई पप सम्राट ओमबिक्रम बिष्टले एक हजार डलर इनासद्वारा आयोजित सांस्कृतिक कार्यक्रममा उठेको रकमबाट हस्तान्तरण गरेका थिए ।

यसै गरी भर्जिनिया हर्नडन निवासी समाज सेवी परशुराम भण्डारीको पहलमा संकलन गरिएको २ हजार ४४ डलर पीडितका पितालाई इनास भर्जिनियाद्वारा रकम पठाइएको थियो ।

गत फेब्रुअरी ११ तारिख आइतबार एक समुदाय तथा पत्रकार भेटघाट कार्यक्रम राखी नायिका तथा निर्देशक झरना थापाले आफूले पहिलो पटक निर्माण गरेको चलचित्र हेर्न आइदिन सबैमा आग्रह गर्दै हौसला दिनसमेत अनुरोध गरेकी छिन् ।

यसअघि पनि बाढी पीडित, तराईमा शीतलहर, परियार बैनीलाई समेत सहयोग गरेको बताइन् । उनले अगाडि भनिन, ‘१० वर्षे बालक विवेक आचार्य बल्ड क्यान्सरबाट पीडितलाई हामी सवै जुटेर सहयोग गर्नु पर्छ ।’

आफ्नो चलचित्रको बारेमा धेरै बताउन नचाहने भन्दै उनले सरल चलचित्र बनाएको बताइन् । उनले धेरै अपेक्षा नगर्नसमेत आग्रह गरेकिछिन् ।

२० वर्षदेखि निरन्तर यस क्षेत्रमा रहेका निर्माता सुनिल थापाले चलचित्रको छायांकन सबैभन्दा अग्लो ठाउँमा गरिएको बताए । उनले चलचित्रको मुख्य ध्येय पर्यटन प्रबर्धन तथा विकास गर्ने रहेको बताएका छन् ।

कार्यकम अन्तर्राष्ट्रिय नेपाली कलाकार मञ्च (इनास) भर्जिनिया शाखाको अगुवाइमा प्रदर्शन हुने भएको छ । उक्त भेटघाटमा संचारकर्मी तथा सहभागीले जिज्ञासा समेत राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?