Comments Add Comment

खानासम्बन्धी भ्रम र यथार्थ

हरेक खानाको आ-आफ्नै विशेषता र महत्व हुन्छ । तर, खानेकुराको विशेषता र महत्वबारे जानकारी नहुँदा कैयौं मान्छे भ्रमको शिकार हुन्छन् ।

भ्रमकै कारण धेरैलाई कुन खाना कतिबेला खाँदा ठीक हुन्छ भन्ने जानकारी हँदैन । स्वास्थ्यका लागि फाइदाजनक हुँदाहुँदै पनि मानिसले उचित समयमा उचित खानेकुरा खाइरहेका हुँदैनन् ।

यसले खानाको विशेषता त कम हुन्छ नै, आवश्यक पौष्टिक तत्वसमेत शरीरले प्राप्त गर्न सक्दैन । त्यसैले, खानासम्बन्धी विभिन्न भ्रमबारे जानकारी पाउनु आवश्यक हुन्छ ।

भ्रम- दाल र पनिर एकसाथ खाँदा मोटोपना बढ्छ

यथार्थ- दाल र पनिर प्रोटिनका राम्रा स्रोत हुन् । दुवैले मांशपेशी मजबुत बनाउन र तौल घटाउन मद्दत गर्छन् ।

विशेषज्ञहरुका अनुसार तौल घटाउन शरीरलाई प्रोटिनको आवश्यकता पर्छ । र, शरीरका लागि आवश्यक २५ प्रतिशत क्यालोरी दाल, पनिरलगायत प्रोटिनयुक्त खानेकुराबाट प्राप्त गर्न सकिन्छ ।

भ्रम- अंगुर, कागती र सुन्तला खानाले शल्यक्रियाको घाउ चाँडै निको हुँदैन ।

यथार्थ– धेरैमा भ्रम छ, अंगुर, कागती र सुन्तलालगायत अमिला फलफूलको सेवनले शल्यक्रियाको घाउ निको हुन समय लाग्छ । जबकि, अमिला फलफूलमा पाइने भिटामिन-सीले घाउको टाँका सुकाउन मद्दत गर्छ ।

नाक, कान र घाँटीको शल्यक्रियापछि भने चिकित्सकहरुले सकेसम्म अमिला फलफूल नखान सल्लाह दिने गर्छन् । किनकि, फलफूलको अमिलोले घाँटी दुख्ने समस्या ल्याउँछ । र, शल्यक्रियाको घाउमा समेत असर पार्न सक्छ ।

यस्तै, सोडा, कोलालगायत पेय पदार्थमा पाइने कार्बोनिक एसिडले पनि घाउलाई कमजोर बनाउँछ र निको हुन समय लाग्छ । सोही कारण चिकित्सकहरुले शल्यक्रियापछि यस्ता पेय पदार्थ नखान सुझाव दिने गर्छन् ।

भ्रम- राति नरिवल पानीको पिउँदा एसिडिटी बढ्छ

यथार्थ– नरिवल पानीले शरीरलाई ठण्डा राख्छ । त्यसैले, एसिडिटी र हार्टवर्न -छातीको जलन) हुँदा नरिवल पानी पिउने सल्लाह दिइन्छ । यसले शरीरमा पानीको कमी पूरा गर्नुका साथै पाचन प्रक्रियासमेत मजबुत बनाउन मद्दत गर्छ ।

भ्रम- मेवाले गर्भपात हुन्छ

यथार्थ- गर्भपात हुने डरले गर्भवतीहरुलाई अक्सर मेवा नखान सल्लाह दिने गरिन्छ । विशेषगरी, काँचो मेवामा ल्याटेक्स हुन्छ, जसले गर्भासयलाई संकुचित बनाउँछ । र, गर्भपात हुने सम्भावना अधिक रहन्छ ।

पाकेको मेवामा भने पर्याप्त मात्रामा भिटामिन र मिनरल्स पाइने हुँदा यसको सेवनले कब्जियत र छातीको जलन रोक्न मद्दत गर्छ ।

भ्रम- बदाम, ओखर, काजू, पिस्ता र किसमिसले मोटोपना बढाउँछन्

यथार्थ- ड्राई फ्रुट्समा स्वास्थ्यका लागि आवश्यक गुणस्तरीय फ्याट हुन्छ । ड्राई फ्रुट्समा चिनी, क्यालोरी र कार्बोहाइड्रेटको मात्रा पनि अधिक हुन्छ ।

आवश्यकताभन्दा बढी सेवनले भने शरीरमा अतिरिक्त तौल बढ्ने सम्भावना धेरै हुन्छ । शरीरको सन्तुलन कायम गर्न थोरै-थोरै मात्रामा ड्राई प|mुट्स खानु राम्रो मानिन्छ ।

भ्रम- कार्बोहाइड्रेट स्वास्थ्यका लागि हानीकारक छ

यथार्थ- शरीरलाई शक्ति प्रदान गर्न ग्लुकोजको आवश्यकता पर्छ । ंर, शरीरमा ग्लुकोजको आपूर्ति कार्बोहाइड्रेटद्वारा हुने गर्छ ।

सही मात्रामा कार्बोहाइड्रेटको सेवनले शरीरमा शक्ति प्राप्त हुन्छ । तर, शक्ति बढाउने नाममा अधिक मात्रामा मैदा, चामललगायत कार्बोहाइड्रेटयुक्त खानेकुराले अतिरिक्त तौल बढाउँछन् ।

भ्रम- फ्याटरहित खानेकुरामा क्यालोरीको मात्रा शून्य हुन्छ

यथार्थ- बजारमा पाइने विभिन्न खानेकुरामा फ्याटरहित लेबल टाँसिएको हुन्छ । यसमा क्यालोरीको मात्रा शून्य भने हुँदैन । यस्ता खानेकुरामा कम्तीमा तीन ग्राम फ्याट सामेल गरिएको हुन्छ । फ्याट प|mी लेबल ग्राहकलाई आकषिर्त गर्न मात्र टाँसिएको हुन्छ ।

खासगरी, फ्याटरहित र जिरो क्यालोरीयुक्त खाद्य पदार्थलाई पि्रजर्भ गर्न ट्रान्स फ्याटको प्रयोग गरिएको हुन्छ, जुन शरीरका लागि हानीकारक छ ।

भ्रम- खानालगत्तै फलफूल खानु स्वास्थ्यका लागि राम्रो

यथार्थ- विशेषज्ञ चिकित्सकहरुका अनुसार खानालगत्तै फलफूलको सेवनले एसिडिटी, ग्यास र पाचन प्रक्रियामा समस्या हुने गर्छ । त्यसैले, खाना खाएको कम्तीमा एक घण्टापछि मात्र फलफूल खानु उचित मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment