३ फागुन, काठमाडौं । गाउँपालिकाका जनप्रतिनिधिले पत्रकार महासंघ, ललितपुरका कोषाध्यक्ष एवं दैनिकी न्यूज डटकमका सम्पादक रामहरि कार्कीलाई ज्यान मार्ने धम्की दिएका छन् ।
गत २८ माघमा प्रकाशित समाचारको विषयलाई लिएर महाकांल गाउँपालिका-४ मा एमालेबाट निर्वाचित वडाअध्यक्ष शान्ताप्रसाद गौतमले ज्यान मार्ने धम्की दिएका हुन् ।
उनले ‘झोलामा कार्यालय, गाउँ नै जाँदैनन् जनप्रतिनिधि’ शीर्षकमा समाचार लेखेका थिए ।
वडाअध्यक्ष शान्ताप्रसाद गौतमले फागुन १ र २ गते ९८५१२२९२१८ नम्बरको मोवाइलबाट फोन गरी अश्लिल शब्द प्रयोग गरी ज्यान मार्ने धम्की दिएको कार्कीले बताए ।
मध्य रातमा फोन गरी समाचारको विषयलाई लिएर अश्लिल शब्द प्रयोग गरेका थिए । समाचार प्रकाशित विषयलाई चित्त नबुझे सम्बधित निकाय प्रेस काउन्सिल तथा अदालत जान पटकपटक आग्रह गर्दा पनि वडाअध्यक्ष शान्ताप्रसाद गौतमले जहाँ भेट्यो त्यहाँ मारिदिने चेतावनी दिएको उनकाे भनाइ छ ।
धम्की बारे महानगरीय प्रहरी वृत, सातदोबाटो समेत जानकारी गराएको छ । यता, पत्रकार महासंघले विज्ञप्ति प्रकाशित गरी ज्यान मार्ने धम्की दिने वडाअध्यक्ष शान्ताप्रसाद गौतमलार्इ कारबाहीको माग गरेको छ ।
प्रतिक्रिया 4