+
+
Shares

बसले ठक्कर दिदा दाङमा २ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन ३ गते १८:१६

३ माघ, दाङ । बसले मोटरसाइकललाई ठक्कर दिदा बिहीबार दाङमा दुई जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट तुलसीपुर आउन लागेको ना६ख २३३१ नम्मरको बसले घोराहीबाट लमही जाँदै गरेको रा४प २९९९ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार दुई जनाको मुत्यु भएको हो ।

मृत्यु हुनेमा लमही नगरपालिका वडा नम्बर ६ देउपुर निवासी १९ वर्षीय मिनराज न्यौपाने र घोराही उपमहानगरपालिका निवासी २१ वर्षीय मञ्जित गुप्ता रहेका वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख सुरज खड्काले जानकारी दिए । उनका अनुसार वस र चालक प्रहरी नियन्त्रणमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?