+

सन्दिप बने उत्कृष्ट खेलाडी, यूएईका कप्तानको विरोध

२०७४ फागुन  ३ गते २१:३४ २०७४ फागुन ३ गते २१:३४

३ फागुन, काठमाडौं । नेपाली युवा बलर सन्दिप लामिछाने डिभिजन टू प्रतियोगिताको उत्कृष्ट खेलाडी बनेका छन् ।

नेपालले फाइनल गुमाएपनि सन्दिप ‘प्लेयर अफ दि टुर्नामेन्ट’ घोषित भएका हुन् । उनले ६ खेलमा १७ विकेट लिएका थिए ।

आयोजकको यो निर्णयमा यूएईका कप्तान रोहन मुस्तफाको भने विरोध रहृयो । उनले ‘प्लेयर अफ दि टुर्नामेन्ट’को उपाधि आफूले पाउनु पर्ने दाबी गरेका छन् ।

१३ विकेट लिएका उनले १८३ रन बनाएका थिए । सन्दिप आईपीएल टिममा आवद्ध भएका कारण उनलाई यो उपाधि दिइएको उनको दाबी थियो ।

सन्दिप आईपीएल टिममा आवद्ध हुने पहिलो नेपाली खेलाडी हुन् । उनी यसै सिजन आईपीएल टिम दिल्ली डियरडेभिल्समा आवद्ध भएका छन् ।

यूएईविरुद्धको शतकसँगै नेपाली कप्तान पारस खड्का २४१ रनसहित प्रतियोगितामा सर्वाधिक रन बनाउने ब्याट्सम्यान बनेका छन् ।

यो पनि पढ्नुहोस्

हृदयवान सन्दिप लामिछाने

नेपाली क्रिकेट : युवा क्रिकेटरले जोगाएको शाख

नेपाली क्रिकेट सन्दीप लामिछाने
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय