+
+

पोखरामा अत्याधुनिक बैंक्वेट खुल्यो, लगानी ७ करोड

 सन्देश श्रेष्ठ सन्देश श्रेष्ठ
२०७४ फागुन ४ गते ११:०४

४ फागुन पोखरा । पोखराको मुटु मानिने न्यूरोडमा अत्याधुनिक र सुविधा सम्पन्न सिटी स्क्वायर बैंक्वेट खुलेको छ । बैंक्वेटमा पोखराका केही सफल युवा उद्यमीहरुले लगानी गरेका छन् ।

३ जना सञ्चालक र २ जना प्रवर्द्धक गरी ५ जनाले ७ करोडको लगानीमा ५ रोपनी जग्गा लिजमा लिएर अत्याधुनिक बैंक्वेट सञ्चालनमा ल्याएको सिटी स्क्वायर बैंक्वेट एण्ड रेष्टुरेन्ट प्रालिका अध्यक्ष प्रमेश पराजुलीले जानकारी दिए । बैंक्वेट केही दिनअघिदेखि आंशिक सञ्चालनमा आएपनि शुक्रबारदेखि पूर्णरुपमा सञ्चालनमा आउने उनले बताए ।

बैंक्वेटमा ठूलठूला पार्टी, सेमिनारदेखि साना तथा मझौला सबै खालका कार्यक्रमहरु गर्न मिल्ने सिटी स्क्वायर बैंक्वेट एण्ड रेष्टुरेण्टले दाबी गरेको छ । बैंक्वेटमा १५ जना अटाउने क्षमताको बैठक कोठादेछि ६०, २ सय ५० र ४ सय जनासम्म अटाउने क्षमताको सेमिनार हल छन् । प्रालिका अध्यक्ष पराजुलीका अनुसार चार वटै हलहरु अत्याधुनिक तरिकाले निर्माण गरिएको छ भने सबै एयर कन्डिसन युक्त र साउन्डप्रुफ छ । त्यस्तै विवाह उत्सवदेखि जन्मोत्सव, व्रतबन्धलगायतका पार्टीसमेत आयोजना गर्न मिल्ने प्रालिको दाबी छ ।

बैंक्वेट परिसरमै बार, कफी सप तथा जुस कर्नर सञ्चालन गरिएको छ । जहाँ बैंक्वेट पुगेका पर्यटकले आफूले रोजेको खाएर आनन्द लिन सक्छन् ।

पराजुलीले पोखरा प्रदेशको राजधानी भएकाले त्यही अनुसारको सुविधा सम्पन्न भवन तथा हलहरु बनाएर सेवा दिनका लागि आफूहरुले बैंक्वेट सञ्चालनमा ल्याएको बताए । उनले भने, ‘पोखरा अब प्रदेशको राजधानी भइसक्यो, अझ भनौं यो अन्तर्राष्ट्रिय शहर पनि हो, त्यसैले अन्तर्राष्ट्रिय सहर र राजधानी सुहाउँदो अत्याधुनिक सुविधा सम्पन्न बैंक्वेट सञ्चालनमा ल्याएका हौं ।’

पोखराको आवश्यक्ताअनुसार नै आफूहरुले बैंक्वेट सञ्चालनको जमर्को गरेको उनको भनाइ छ । उनले कार्यक्रम गर्नका लागि अब अन्यत्र भौतारिन नपर्ने दाबीसमेत गरे ।

कम्पनीमा हाल ५० जना कर्मचारी कार्यरत रहेको बैंक्वेटका प्रवन्ध निर्देशक आदर्शमान श्रेष्ठले जानकारी दिए । दक्ष तथा अनुभवी कामदारले सेवा दिने हुँदा आफूहरुको सेवा उत्कृष्ट हुने उनले बताए ।

बैंक्वेट परिसरमै पार्किङस्थल प्रशस्त भएकाले पार्किङमा कुनै समस्या नआउने श्रेष्ठले दाबी गरे । बजारको केन्द्रमा भएपनि पार्किङ प्रशस्त छुट्याइएकाले सडकमा पार्किङ गरेर होटल, रेष्टुरेण्ट धाउनुपर्ने बाध्यता हट्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?