+
+

प्रदेश ४ः रामशरण बने मन्त्री, माओवादीले पठाएन

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन ४ गते १०:३९

४ फागुन, पोखरा । प्रदेश ४ मा दुई सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सिफारिसमा एमाले सांसद रामशरण बस्नेत उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री बनेका छन् । उनले शपथ समेत लिइसकेका छन् । मुख्यमन्त्री गुरुङले उनलाई शपथ गराएका हुन् ।

बस्नेत गोरखाबाट प्रदेशसभा सदस्य हुन् ।

तर, माओवादीले मन्त्री पठाएन । मन्त्री बन्ने आकांक्षीहरु धेरै भएका कारण माओवादीले नाम पठाउन नसकेको एक नेताले बताए । ‘हाम्रो आन्तरिक छलफल नपुगेकाले नाम पठाउन नसकेको हो’ उनले भने ।

दुई दलको भागवण्डामा माओवादीले गृह (आन्तरिक मामिला) तथा कानुन र भूमिसुधार, कृषि तथा सहकारी मन्त्रालय पाएको छ । आर्थिक मामिला तथा योजना, भौतिक पूर्वाधार विकास र सामाजिक विकास मन्त्रालय एमालेले नै राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?