
४ फागुन, काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः शपथ ग्रहण गर्नुपर्ने बताएका छन् ।
ओलीले बिहीबार प्रधानमन्त्रीको शपथ लिने क्रममा ‘देश’ शब्द उच्चारण गर्न छुटाएको भन्दै थापाले दोहोर्याएर शपथ लिन सल्लाह दिएका हुन् ।
पूर्वउपप्रधानमन्त्री थापाले ट्विटरमा लेखेका छन्, ‘प्रम केपी ओलीले शपथमा ‘देश’ शब्द उच्चारण गर्न छुटाउनु भयो । निश्चय नै यो नियतवस होइन । त्यसर्थ राष्ट्रपति समक्ष पुनः शपथ लिई अभिलेख सच्याउन सल्लाह दिन्छु । शपथमा देश छुट्नु राम्रो होइन ।’
अमेरिकी राष्ट्रपति ओवामाले शपथमा सामान्य त्रुटी हुँदा भोलिपल्ट आफ्नै कार्यकक्षमा दोहोर्याएर शपथ लिएको उदाहरण पनि उनले दिएका छन् ।
अमेरिकी राष्ट्रपति ओवामाले शपथमा सामान्य त्रुटि हुंदा भोलिपल्ट आफ्नै कार्यकक्षमा दोहराएर शपथ लिएका थिए।प्रम के पि ओलीले शपथमा “देश”शब्द उच्चारण गर्न छुटाउनु भयो।निश्चय नै यो नियतवश होईन।त्यसर्थ राष्ट्रपति समक्ष पुन: शपथ लिई अभिलेख सच्याउन सल्लाह दिन्छु।शपथमा देश छुटनु राम्रो होईन
— Kamal Thapa (@KTnepal) February 16, 2018
प्रतिक्रिया 4