+
+

आइसीटीमा रमाउनेका लागि क्यान इन्फोटेक

रुक्मागन भण्डारी रुक्मागन भण्डारी
२०७४ फागुन ४ गते १९:०८

क्यान महासंघ कास्कीका वार्षिक कार्यक्रम मध्यको एउटा महत्वपूर्ण मेघा इभेन्ट क्यान इन्फोटेक हो । यसको मुख्य उद्देश्य सूचना तथा प्रविधि क्षेत्रमा भइरहेका नवीनतम गतिविधिहरुलाई एउटै छानामुनिबाट प्रदान गर्नुका साथै प्रतिस्पर्धात्मक बजारको सिर्जना गरी सुपथ मूल्यमा गुणस्तरीय आइटी प्रोडक्टहरुको बिक्री तथा वितरण गर्नु हो ।

क्यान इन्फोटेक केन्द्रमा २४ औं पटक निरन्तर रुपमा सफल भएको छ । मोफसलमा ०६६ सालदेखि निरन्तर आठांै क्यान इन्फोटेक भव्य रुपमा सफल पारी नवौं इन्फोटेकको अन्तिम तयारी स्वरुप लागिरहँदा हामीले ठूलो परिवर्तन भएको महशुस ग¥यौंं ।

सुरुका वर्षहरुमा क्यान इन्फोटेक गर्न हाम्रा सामु धेरै चुनौतीहरु भएपनि अहिले हामी सबै व्यवस्थापनका पाटाहरुमा परिपक्व भएको महशुस गरेका छौं । तपाईं हामी सैबलाई थाहा भएको कुरा हो कि यो क्षेत्र अति नै तिव्ररुपमा परिर्वतन भइरहने क्षेत्र हो । यो क्षेत्रमा यति छिटो परिवर्तन हुन्छ कि तपाईं हामी पनि अपडेट हुन सकेनौं भने पछाडि पर्दछौं । तसर्थ क्यान इन्फोटेकको मुख्य उद्देश्य पनि अघिल्ले इन्फोटेकदेखि यो इन्फोटेकसम्म आइसिटी क्षेत्रमा भएका परिवर्तनहरुलाई प्रदर्शनी गर्ने प्रयास हो ।

विगतका वर्षहरु भन्दा यो वर्ष मेलालाई थप आकर्षक र मनोरञ्जनात्मक बनाउन हामीले विभिन्न इभेन्टहरुलाई जोड्ने प्रयास गरेका छौं । जसमा आइसिटी कन्फरेन्स, जिल्ला प्रदेश स्तरीय टाइपिङ प्रतियोगिता, इन्टर कलेज क्विज कन्टेष्ट प्रतियोगिता, रोर्वट प्रदर्शन, लेटेस्ट टेक्नोलोजीका ल्यापटप, प्रिन्टर, राउटर, मोबाइल तथा सम्पूर्ण लेटेस्ट आइसिटी प्रोडक्टहरुको प्रदर्शनी एवं बिक्री साथमा फ्री कम्प्युटर ल्यापटप मर्मत, ल्यापटप एक्सजेन्ज अफर आदिजस्ता महत्वपूर्ण ज्ञानवर्दक र मनोरन्जनात्मक कार्यक्रमहरुको आयोजना गरिने भएकाले आइसिटी क्षेत्रमा रमाउन चाहानेहरुका लागि एउटा सुनौलो प्लेटफर्म तयार भएको महशुस गरेका छौं ।

आजका दिनसम्म आइपुग्दा मेलाको अन्तिम तयारी स्वरुपमा लागिरहेका छौं भने मेलामा १ सय २० वटा स्टलहरु रहने छन् भने यस मेलालाई भव्य रुपमा सफल पार्नका लागि विभिन्न मिडियाहरुमार्फत प्रचार प्रसारको कामलाई तिव्र बनाएका छौं ।
यसैगरी इन्फोटेक सफल पार्न प्रायोजकहरुबाट उत्साहजनक साथ हामीलाई मिलेको छ । इन्फोटेकको मुख्य प्रायोजन डिजी कमले गरेको छ भने इन एसोसिएस विथमा नेटिस, पावर्ड बाईमा के सेभेन र म्याक्याफी एन्टीभाइरस छन् ।

सपोर्टेट बाईमा कङगारु एजुकेशन फाउण्डेसन, डाइमण्ड स्पोन्सरमा डेल, एडिम्याक्स र क्यानोन, गोल्ड स्पोन्सरमा एक्स्पर्ट एजुकेशन एण्ड भिजा सर्भिसेस, सिल्भर स्पोन्सरमा इन्सर्च इन्टरनेशनल इन्स्टिच्युट र एक्सेस एजुकेशन नेटवर्क छन् । बैंकिङ पार्टनरमा सनराइज बैंक, प्रिन्टिङ पार्टनरमा कोनिका मिनोल्टा, इन्टरनेट पार्टनरमा टेक माइन्ड्स नेटवर्क, पेमेन्ट पार्टनरमा आइपे, इन्स्योरेन्स पार्टनरमा नेको इन्स्योरेन्स, आइटी पार्टनरमा वेभसफ्ट, हस्पिटालिटी पार्टनरमा कुटी रिसोर्टले साथ दिएको छ ।

(भण्डारी क्यान महासंघ कास्कीका उपाध्यक्ष हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?