+
+
Shares

अदालतबारे प्रधानमन्त्रीको टिप्पणी– पट्टी बाँध्नुपर्ने आँखामा पावर नथपौं !

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन ६ गते ८:५७


६ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सडकबाटै न्यायालयको विरोध हुने कुरालाई सामान्यरुपमा लिन नहुने बताएका छन् । सरकारले मर्यादित न्यायापालिकाको अपेक्षा राखेको भन्दै प्रधानमन्त्री ओलीले पट्टी बाँधिनुपर्ने न्यायाधीशको आँखामा पावर थपिन नहुने टिप्पणी गरे ।

नेकपा (एमाले) को कानुन विभागले शनिबार राजधानीमा आयोजना गरेको बधाइ तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले न्यायपालिका मर्यादित हुनुपर्ने बताएका हुन् ।

एमालेनिकट वकिलहरुसँग कुरा गर्दै प्रधानमन्त्रीले ओलीले न्यायपालिकाका विषयमा सडकबाटै यति धेरै विरोध हुने कुरालाई सामान्य रुपमा लिनु नहुने बताए ।

‘न्याय दिने मान्छेले आफ्नो अगाडि के छ भनेर थाहा नपाओस् भनेर नै आँखामा पट्टी बाँधेर तराजु समाएको संकेत प्रयोग गरिएको हो,’ प्रधानमन्त्री ओलीले भने, ‘तर आँखामा पट्टि हैन, पावर थपेर हेर्ने अवस्था बन्दा न्याय धुमिल हुन्छ ।’

कार्यक्रममा ओलीले बुद्धिजीवीहरुको पनि आलोचना गरे । केही आग्रही वुद्धिजीवीहरुले संलग्नतालाई महत्व दिएर सत्यलाई ओझेल पारेको प्रधानमन्त्री ओलीले बताए ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले देश राजनीतिक संघर्षबाट विकास र समृद्धितर्फ अगाडि बढेको बताए । देशले सुदृढ र स्थायित्वसहितको सरकार पाएकाले अब लोकतान्त्रिक एवं शान्तिपूर्ण ढंगले अगाडि बढ्न सकिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?