Comments Add Comment

रानी भन्छिन्- हरेक दिन श्रीमानलाई देख्दा रिस उठ्छ

मुम्बई । चार वर्षपछि रानी मुखर्जी पुनः पर्दामा देखिने भएकी छिन् । अहिले रानी आफैले निर्माण गरेको चलचित्र ‘हिचकी’ प्रदर्शनको संघारमा छ ।

यही फिल्मको प्रमोसनका लागि नेहा धुपियाको च्याट शोमा आएकी रानीले आफ्ना केही ब्यक्तिगत कुरा गरिन् । नेहाले सोधेकी थिइन् । के तपाई आफ्नो श्रीमानलाई गाली गर्नुहुन्छ ?

प्रश्नको जवाफ दिँदै रानीले भनिन्, ‘मलाई हरेक दिन आफ्नो श्रीमान देख्दा रिस उठ्छ । म उनलाई गाली गर्छु …।’ त्यति भनेपछि उनी हाँसिन् ।

रानीका अनुसार उनका श्रीमान स्वीट छन् र निकै केयर गर्छन् । कहिलेकाहीँ प्रेमले गाली गर्ने गरेको दावीसमेत गरिन् ।

‘कहिलेकाहीँ कसैलाई गाली गर्नुको अर्थ प्रेम गर्नु पनि हो । मैले कसैलाई गाली गर्छु भने उसलाई सर्वाधिक प्रेम गर्छु भनेर पनि बुझ्नु होला,’ रानीले भनिन्, ‘मेरा श्रीमान उत्कृष्ट निर्देशक पनि हुन् ।’

पहिलो भेट सुटिङमा

आदित्यसँग रानीको पहिलो भेट ‘मुझसे दोस्ती करेगे’ को सुटिङमा भएको थियो । जतिवेला रानीको फिल्म राम्रोसँग चलेको थिएन । आदित्यलाई केही व्यक्तिले सुझाव पनि दिएका रहेछन् रानीलाई नलिनु भनेर । तर, आदित्यले साथीको सुझाब मानेनन् ।

रानीका अनुसार उनको विवाह पारिवारिक सहमतिमा भएको थियो । उनको लेहंगा चार दिनमा तयार भएको थियो भने १२ जना मात्र वैवाहिक कार्यक्रममा सहभागी थिए । सन् २०१४ मा इटलीमा उनको विवाह भएको थियो । विवाहको एक वर्षपछि उनले छोरी आदिरालाई जन्म दिएकी थिईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment