कतार / अर्घाखाँची सेवा समाज कतारले मालारानी गाउँपालिका- ५ साबिकको बागी कुझेरी बस्ने अन्दाजी वर्ष ४२ का राकेश थापालाई आर्थिक सहयोग गरेको छ ।
मानवीय सेवा हो नै भन्ने हेतुले अर्घाखाँची सेवा समाज कतारका कार्यसमिति पदाधिकारीबाट सँस्थाले केही रकम सङ्कलन गरी क:री ४७३ /- अर्थात १२ हजार ८१२ रूपैयाँ सहयोग गरेको हो ।
उक्त रकम पीडितका आफन्त नारायणबहादुर महतको नाममा नेपाल पठाइसकिएको छ । सहयोग गर्ने सम्पूर्ण सहयोगी दाताहरुलाई पीडितका आफन्त नारायण महत लगायतले आभार व्यक्त गरेका छन् ।
थापा बिगत एक वर्षदेखि भक्तपुर क्यान्सर हस्पिटल उपचार गराउँदै आएका छन् ।
लामो समयसम्म पनि उपचार गर्दा गर्दै पनि केही निको नभएपछि डाक्टरको सल्लाह अनुसार उनको दायाँ खुट्टा अप्रेसन गरी काटिएको छ ।
सामान्य परिवाराका थापाको लामो समयसम्म उपचारमा ठूलो खर्च लाग्ने भएको हुँदा आफन्तले सहयोगको लागि अपील गरेका थिए ।
प्रतिक्रिया 4