Comments Add Comment

कास्कीको विजयपुरमा बम विष्फोट, प्रहरी र पत्रकार घाइते

बम विष्फोटबाट घाइते पत्रकार घनश्याम पाण्डे । तस्वीर: युनिस गुरुङ/अनलाइनखबर

८ फागुन, पोखरा । कास्कीको विजयपुरमा बम विष्फोट भएको छ । विष्फोटमा एक प्रहरी र पत्रकार घाइते भएका छन् ।

विप्लव माओवादीले आह्वान गरेको बन्दका क्रममा नागढुंगा र विजयपुरमा शंकास्पद बस्तु भेटिएको थियो । नागढुंगामा नेपाली सेनाको बम डिस्पोजल टोली पुगे पनि विजयपुरमा केही समय लागेको थियो । त्यही क्रममा बम विष्फोट भएको थियो ।

घटनामा स्थानीय पत्रकार घनश्याम पाण्डे र प्रहरी कुलबहादुर खत्री घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि गण्डकी मेडिकल कलेजतर्फ लगिएको छ ।

दमकमा पनि विष्फोट

यसैबीच, झापाको दमकमा पनि बन्दकर्ताहरुले विष्फोट गराएका छन् । विप्लव समूहका कार्यकर्ताले दमक–६, घिमिरे सुपरमार्केटमा रहेको एक पसलमा विष्फोट गराएका हुन् ।

विष्फोटबाट कुनै भौतिक एवं मानवीय क्षति भने नभएको दमकका डिएसपी दिपक गिरीले अनलाइनखबरलाई बताए ।

बन्दकर्ताले स्थानीयलाई तर्साउनका लागि सामान्य पटका पड्काएको हुन सक्ने प्रहरीको अनुमान छ ।

तस्वीरः युनुस गुरुङ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment