+
+
Shares

विद्यार्थीले देखाए वैज्ञानिक कौशल

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन ९ गते २१:४१
विद्यार्थी बनाएको नमूना हवाइजहाज परीक्षण गरेर देखाइँदै । तस्वीर सौजन्य: मनिषा चम्लागाईं

९ फागुन, झापा । आकाशमा उड्ने हवाइजहाज कसरी बनाइन्छ ? हामी आकाशमा हवाइजहाज उडाउन सक्छौँ ? यो प्रश्नको जवाफ हामी मध्ये कतिपयसँग नहोला । तर, झापाको विराट ज्योति अङ्ग्रेजी माविको कक्षा १० मा पढ्ने दिपेश झाले प्रयोग गरेरै देखाएका छन् ।

कक्षा १० मा नै अध्ययन गर्ने निश्चल बस्नेत, विवेक राजवंशी र अजय राजवंशीले मिलेर त्यो काम गरेका हुन् । उनीहरुले नमूना हवाइजाहाज बनाएर सफल परीक्षण गरेर गरेर देखाएका छन् । कक्षा ३ मा पढ्ने शुभानी प्रसाई र मनिला सेढाइ मिलेर पानीमा चल्ने जहाजको प्रदर्शनी गरे ।

विद्यालयको २१ औँ वार्षिकोत्सवमा आाएका अतिथि, अभिभावकको ध्यान विद्यालयले प्रदर्शनीमा ल्याएको विज्ञान महोत्सवले तानेको देखिन्थ्यो । कार्यक्रममा पुगेका सबै जना प्रदर्शनीको चर्चामा व्यस्त थिए ।

बिर्तामोड नगरपालिका-३ की विन्दा बुढाथोकीले भनिन्, ‘विद्यार्थीको आविष्कार देखेर चकित भएँ, हरेक विद्यायले यसरी नै अवसर दिए सयौँ वैज्ञानिक यही बन्ने थिए ।’

छोराछोरीले गरेको प्रदर्शनी हेरेर लीला कार्की भन्छिन्, ‘हरेक विद्यायले यहाँको सिको गरी विद्यार्थीको क्षमतालाई प्रदर्शन गर्ने अवसर दिनु पर्छ ।’

विराट ज्योतिमा यस प्रकारका वैज्ञानिक प्रर्दशर्नी सहितका ३० वटा स्टल राखिएको थियो । विद्यालयका कक्षा ३ देखि १० सम्म पढ्ने सबै विद्यार्थीले आफ्नो प्रदर्शनी गरेका थिए ।

पछिल्लो समय हरेक क्षेत्रमा विज्ञानको सिकाइ आवश्यक रहेकाले सबै विद्यार्थीलाई त्यसतर्फ लाग्न विद्यालयले प्ररित गरेको विद्यालयका प्रिन्सिपल ताराकुमार प्रसाईंले बताए ।

उनले सांस्कृतिक कार्यक्रम भन्दा पनि प्रयोगात्मक विज्ञान प्रदर्शनीले विद्यार्थीको क्षमता बढाएको बताए । उनले सिकेको ज्ञानलाई प्रयोगमा ल्याउन विद्यार्थी सफल भएका दावी गरे ।

सिकेको ज्ञानलाई व्यवहारमा प्रयोगमा ल्याउन सक्दा आत्मबल बढेको दिपेश झाले बताए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?