+
+
Shares

प्रदेश २ को सरकारलाई प्रमुख विपक्षी दलकै समर्थन !

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन १० गते १५:०९

१० फागुन, जनकपुरधाम । प्रदेश २ को सरकारलाई प्रमुख विपक्षी दल एमालेले विश्वासको मत दिएको छ ।

फोरम र राजपा गठबन्धनबाट मुख्यमन्त्री बनेका लालबाबु राउतले बिहीबार प्रदेशसभामा विश्वासको मत लिनु पर्ने थियो । बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले प्रदेशको उन्नतीका लागि एक हुनुपर्ने भन्दै दलहरुसँग मत मागेका थिए ।

प्रमुख विपक्षी दलका नेता सत्यनारायण मण्डलले एमाले प्रदेशका जनताको विपक्षमा हुन नसक्ने बताए ।

उनले आफ्नो पार्टी सरकारमा सहभागी नहुने तर, विश्वासको मत दिने घोषणा गरे । मण्डलले भने, ‘अहिले स्थिर सरकार चाहिएको छ । सत्ता पक्षबाट आगामी दिनमा कस्तो व्यवहार हुन्छ हेर्छौं । तर, मुख्यमन्त्रीलाई हाम्रो विश्वासको मत छ ।’

कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले भने प्रतिपक्षमा बस्ने, विश्वासको मत दिने कस्तो हो भनेर टिप्पणी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?