+
+
Shares
प्रदेश २ :

मुख्यमन्त्री राउतले पाए विश्वासको मत, वाम गठबन्धनको पनि समर्थन

बिक्रम रौनियार बिक्रम रौनियार
२०७४ फागुन १० गते २०:३०

१० फागुन, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशसभाको विश्वासको मत पाएका छन् । वाम गठबन्धनले समेत समर्थन गरेपछि राउतले दुई तिहाईको समर्थन पाएका छन् । कांग्रेस भने विपक्षमा बनेको छ ।

फोरम र राजपा गठबन्धनबाट मुख्यमन्त्री बनेका लालबाबु राउतले बिहीबार प्रदेशसभामा विश्वासको मत लिनु पर्ने थियो ।

राजपाको समर्थनमा मुख्यमन्त्री बनेका फोरम संसदीय दलका नेता लालबाबु राउतले प्रदेशको उन्नतीका लागि एक हुनुपर्ने भन्दै दलहरुसँग मत मागेका थिए ।

बैठकमा विपक्षमा रहेका दुई दल एमाले र माओवादी केन्द्रले पनि राउतलाई समर्थन गरेको छन् ।

एमाले संसदीय दलका नेता सत्यनारायण मण्डलले आफ्नो पार्टी सरकारमा सहभागी नहुने तर, विश्वासको मत दिने घोषणा गरे । एमाले प्रदेशका जनताको विपक्षमा हुन नसक्ने भन्दै मण्डलले भने, ‘अहिले स्थिर सरकार चाहिएको छ । मुख्यमन्त्रीलाई हाम्रो विश्वासको मत छ । सत्ता पक्षबाट कस्तो व्यवहार हुन्छ हेर्छौं ।’

माओवादी संसदीय दलका नेता भारतकुमार साहले पनि सररकारलाई समर्थन गर्ने घोषणा गरेका छन् ।

नेपाल संघीय समाजवादी र एक स्वतन्त्र सांसदले पनि सरकारलाई समर्थन गरेका छन् ।

कांग्रेसले भने समर्थन गरेन । संसदीय दलका नेता रामसरोज यादवले जिम्मेवार प्रतिपक्षको भूमिका रहने बताए । उनले भने, ‘प्रतिपक्ष नभए सरकार तानाशाही हुन्छ ।’

चुनावमा कांग्रेसले मधेसी दलका नेताहरुलाई एकतर्फी समर्थन गरेको स्मरण गर्दै संसदीय दलका नेता यादवले भने, कांग्रेसले लब गर्छ तर, एकतर्फी ।’

सरकारको पक्षमा ८२ मत परेको छ भने विपक्षमा १८ मत खसेको छ । १०७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५४ सांसद चाहिन्छ, जुन फोरम र राजपाकै छ ।

तर, एमाले, माओवादीसहितका दलले समर्थन गरेपछि सरकारले दुई तिहाई बढी मत पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?