+

पुलिस पनि फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्ने

२०७४ फागुन  १० गते १९:३५ २०७४ फागुन १० गते १९:३५
पुलिस पनि फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्ने

१० फागुन, हेटौंडा । नेपाल पुलिस क्लब हेटौंडा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । अब उसले उपाधि अर्को विभागीय टिम त्रिभुवन आर्मीसँग खेल्नेछ ।

बिहीबारको सेमिफाइनलको खेलमा संकटालाई २-० गोलले हराउँदै पुलिस उपाधि नजिक पुगेको हो ।

कृषि तथा बन बिश्वविद्यालयको मैदानमा भएको खेलमा पुलिसले १९ औं मिनेटमा दिनेश राजवंशीको गोलबाट अग्रता लिएको थियो । ५२ औं मिनेटमा निरकुमार राईले अग्रता दोब्बर पारे ।

खेलमा थप गोल हुन सकेन र पुलिस विजयी बन्यो ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय