+
+
Shares

प्रदेश ६ को नाम ‘भेरी-कर्णाली’ र राजधानी जुम्ला प्रस्तावित

शनिबारको बैठकले नाम र स्थायी राजधानी तोक्ने

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन १२ गते ९:३०

१२ फागुन, सुर्खेत । प्रदेश ६ को नामाकरण र स्थायी राजधानीका लागि दुई-दुईवटा नाम प्रस्ताव गरिएको छ । नामका लागि ‘भेरी-कर्णाली’ र ‘कर्णाली’ प्रस्ताव गरिएको छ । यसैगरी राजधानीका लागि सुर्खेत र जुम्ला प्रस्तावित छ ।

संविधानले प्रदेशको नाम र स्थायी राजधानी तोक्ने अधिकार सम्वन्धित प्रदेशसभालाई नै दिएको छ । प्रदेश ६ को अस्थायी राजधानी सरकारले सुर्खेत तोकिदिएको छ भने नाम राखिएको छैन ।

शनिबार बस्ने प्रदेशसभाको चौथो बैठकमा प्रदेशको स्थायी राजधानी र नामबारे छलफल हुने उपसभामुख पुष्पा घर्तीले जानकारी दिइन् । बैठक दिउँसो एक बजे बस्ने छ ।

यसअघि गत बुधबार निर्धारण गरिएको बैठक सांसदहरुको अनुपस्थितिका कारण बस्न सकेको थिएन । महत्वपूर्ण एजेण्डामा बस्न लागेको बैठकमा पनि सांसदहरु उपस्थित नभएपछि आलोचना भएको थियो ।

शनिबारको बैठकमा अनिवार्य उपस्थित हुन सबै राजनीतिक दलहरुले आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?