Comments Add Comment

इच्छा विपरीत लोला हाने प्रहरीले कारबाही गर्ने

फाइल फोटो

१३ फागुन, काठमाडौं । महानगरीय प्रहरी परिसर, काठमाडौंले होलीमा इच्छा विपरीत लोला हाने वा रंग लगाउनेलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी इच्छा विपरीत लोला नहाल्न र रंग नदल्न अाग्रह गर्दै यदी त्यसो गरेको पाइए कारबाही गर्ने चेतावनी दिएको हो ।

होलीका लागि आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको एसएसपी विश्वराज पोखरेलले बताए । उनका अनुसार १०६ ठाउँमा प्रहरी टोली परिचालन गरिएको छ । साथै २० वटा मोवाइल टोली खटाइएको छ ।

अघिल्ला वर्षहरूमा झैँ बाटो छेकेर होली खेलेको पाइए समेत उनीहरूलार्इ नियन्त्रणमा लिइने प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment