+
+

लमजुङ जिल्लाको दोर्दीमा जनता बैंकको शाखा

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन १३ गते १६:०६


१३ फागुन, काठमाडौं । जनता बैंक नेपालले आइतबारदेखि लमजुङ जिल्लाको दोर्दी गाउँपालिकामा नयाँ शाखा शुभारम्भ गरेको छ । नेपाल राष्ट्र बैंकको प्रत्येक स्थानीय तहमा बैंक शाखा पुर्याउने नीतिअनुरुप यो शाखा खोलिएको हो । यससँगै बैंकको शाखा संख्या ९५ पुगेको छ ।

लमजुङ जिल्लाको ग्रामिण क्षेत्रका साविकका ८ गाविस समेटिएर बनेको दोर्दी गाउँपालिकाको समेत कारोवार गर्ने यस शाखाले गाउँपालिका क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुको साथै गाउँपालिकाका जनताहरुले यस शाखाबाट आधुनिक बैंकिङ सुविधालिएर जीवनस्तर सहज बनाउन सक्ने अपेक्षा बैंकको छ ।

यससँगै बैंकले देशभरीबाट ९५ शाखा, २६ शाखा रहित बैंकिङ, ३ सीमित बैंकिङ ईकाइ, ३ एक्सटेन्सन काउन्टर तथा ६७ एटिएमहरु मार्फत करिव ५ लाख ग्राहकलाई सेवा पुर्याउदै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?