Comments Add Comment

४ किलोमिटर सडक बाह्रै महिना रेनकोट ओढ्नुपर्ने !

अरनिको राजमार्गको धुलिखेल- खावा खण्ड मर्मतमा ढिलाइ


१३ फागुन, काभ्रे । काभ्रेमा अरनिको राजमार्गमा यात्रा गर्नेहरुले धुलिखेलबाट खावासम्मको सडक चाहेर पनि बिर्सन सक्दैनन् । बस, माइक्रोबस, कार र मोटरसाइकल चढ्नेमात्रै होइन, पैदलयात्रु पनि यो सडकको सास्तीको शिकार बनेका छन् ।

धुलिखेलदेखि खावासम्मको चार किलोमटिर सडक झण्डै २ वर्षदेखि धुलाम्य छ, मोटरसाइकल चढ्नेहरु रेनकोट ओढेरै आउजाउ गर्छन् ।

‘सधै‌ं धुलिखेल आउनुपर्छ, जागिर नै यहाँ छ, वर्षौदेखिको उच्चस्तरीय राजमार्ग अहिले हिँडिसाध्य छैन’, खावाका श्रीहरिराम चौलागाईंले भने, ‘घरबाट निस्केपछि धुलिखेल पुग्दा अनुहार चिन्न नसक्ने हुन्छ ।’

राजमार्ग भएर दैनिक पाँच हजारको हाराहारीमा गाडी चल्ने ट्राफिक प्रहरीको तथ्यांक छ । यही सडकबाट भएर दोलखा, रामेछाप, सिन्धुपाल्चोक जिल्लामा गाडी आउजाउ गर्छ ।

२१ महिनाअघि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावित सडकका रुपमा स्तरोन्नति गर्ने भन्दै धुलिखेलबाट पाँचखालसम्मको सडक मर्मत गर्न ठेक्का सम्झौता गरेको थियो ।

बनाउने नाममा भत्काइयो मात्रै

सडक मर्मतको ठेक्का लगाउनुअघिसम्म धुलिखेलबाट पाँचखालसम्म केही ठाउँमा मात्र खाल्डाखुल्डी थिए । तर सबै सडक मर्मत गर्ने भन्दै पुरानो कालोपत्रे उप्काइएको छ । खावाबाट पाँचखालसम्मको सडक मर्मत भइसकेको छ । तर धुलिखेलबाट खावासम्मको खण्ड कालोपत्रे भत्काएर मात्रै छाडिएको छ ।

किन रोकियो त काम ?

धुलिखेलदेखि पाँचखालसम्मको १४ किलोमिटर सडक मर्मतको लागि द कञ्चनजंगा कन्स्ट्रक्सन र मोतिदान जेबी कन्स्ट्रक्सनको संयुक्त रुपमा गत २०७३ जेठ २८ गते सम्झौता भएको थियो ।

जसमा खावादेखि पाँचखालसम्मको दश किलोमिटर सडक मर्मत भइसके पनि खावादेखि धुलिखेलसम्मको सडक भने अझै काम नगरिदिँदा यात्रु तथा स्थानीयबासिन्दाले समस्या खेप्नुपरेको हो ।

भक्तपुर सडक डिभिजन कार्यालयका प्रमुख गुरुप्रसाद अधिकारीले धुलिखेलदेखि खावासम्मको सडक मर्मतका लागि पुनर्निर्माण प्राधिकरणले समयमा नै रकम निकासा नदिएकाले ठेकेदारले काम नगरेको बताए ।

२०७३ साल जेठ २८ देखि २०७४ मंसिर २८ गतेसम्म सम्पन्न गरिसक्ने गरी १७ करोड ९ लाख ८७ हजार ४ सय ९५ रुपैयाँमा सडक निर्माणको ठेक्का सम्झौता भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment