+
+
Shares

सिरियामा भएको नरसंहारको विरोधमा काठमाडौंमा धर्ना

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन १४ गते १९:०२

१४ फागुन, काठमाडौं । सिरियामा भएको नरसंहारको विरोधमा काठमाडौंस्थित रसियन राजदुतावास अगाडि युवाले धर्ना दिएका छन् ।

युवाले धर्नासँगै युद्धमा ज्यान गुमाएका बालबालिका एवं सिरियाली नागरिकको सम्झनामा दिप प्रज्जवलन गरेका छन् ।

बालबालिकाका क्षेत्रमा क्रियाशिल युवाको जमातले १५० बालबालिकासहित ५ सयभन्दा बढीको मृत्यु भएको स्मरण गर्दै आक्रमणको निन्दा समेत गरे ।

बाच्न पाउने नैसर्गिक अधिकारमाथि शक्ति राष्ट्रले अन्तरिक कलहमा फसेको मुलुकमाथि गरेको यस्तो कार्यले बिश्व शान्तिलाई खलबल पुर्‍याएको भन्दै ध्यानाकर्षण गराइएको बाल अधिकारका लागि राष्ट्रिय अभियानका संयोजक प्रबिन सिलवालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?