Comments Add Comment

नेपालले यूएईलाई हरायो, ललितले लिए ४ विकेट

१५ फागुन, काठमाडौं । विश्वकप छनोटको अभ्यास खेलमा नेपालले यूएईमाथि ५ विकेटको जित हात पारेको छ ।

२९ ओभरमा छोट्याइएको खेलमा यूएईले १७२ रनको लक्ष्य दिएको थियो, जसलाई नेपालले अन्तिम चार बल खेल्नु अघि ५ विकेट गुमाएर भेट्टायो ।

नेपालको सुरुवात राम्रो रहेन । १६ रन जोड्दा पहिलो विकेट गुमाएको नेपालले ३९ रन बनाउँदा तेस्रो विकेट गुमाइसकेका थियो । थप ३० रन जोड्दा कपतान पारस खड्का पनि व्यक्तिगत २८ रनमा आउट भए । तर, शरद भेषावकरले पाँचौं विकेटका लागि दिपेन्द्र सिंह ऐरीसँग ५७ रनको साझेदारी गरे ।

दिपेन्द्र ४१ रनमा आउट भए । त्यसपछि अरिफ शेखले शरदसँग मिलेर जित दिलाए । शरद ४१ रनमा अविजित रहँदा आरिफले नटआउट २३ रन बनाए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको यूएईले २८.५ ओभरमा सबै विकेट गुमाएर १७१ रन मात्र बनाएको थियो । उसले पछिल्लो २ ओभरमा मात्र ५ विकेट गुमायो । २९ औं ओभरमा करण केसी एक्लैले तीन विकेट लिएका थिए ।

उसका अस्फाक अहमदले सर्वाधिक ४२ रन बनाए ।

नेपालका ललित सिंह भण्डरी एक्लैले ४ विकेट लिए भने करण केसीले ३ विकेट हात पारे । ललित नारायण राजवंशीले २ विकेट लिँदा पारस खड्काले १ विकेट हात पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment