Comments Add Comment

यूएईबाट उद्यमशील बनेर नेपाल फर्किएर दुर्गेश

२८ फेब्रुअरी, यूएई । बारदशी-६ झापाका दुर्गेश सापकोटालाई उमेर हुँदै नेपालमै केही उद्यम गरौ भन्ने सोच थियो । तर, उनीसँग त्यसबेला आवश्यक धन थिएन । अनुभव र आत्मबल पनि थिएन ।

आफ्ना मान्छे माथितल्लो स्थानमा नभएकोले सानोतिनो जागिर पाउने आशा पनि थिएन । आर्थिक जिम्मेवारी आफ्नै काधमा आएपछि सन् २०११ फेब्रुअरीमा उनी वैदेशिक रोजगारीका लागि यूएई आए ।

रोजगारीका क्रममा सुरुका ५ वर्ष यूएई रहँदा दुर्गेश आम श्रमिकजस्तै काम र परिवार र आरामको चक्रमा रुमलिरहे ।

कामबाट बचेको र छुट्टीको समय पनि कि त सुतेर बिताए कि त बरदुबईका नेपालीहरुको बाक्लो जमघट हुने स्थलहरुमा आफन्त र साथीहरूका साथमा बरालिदै बिताए । मासिक रुपमा कमाएको रुपैयाँ घरमा पठाउँदै परिवारको गर्जो टार्ने काम मात्रै गरे । नियमित बचत पनि गरिरहे । सुरुका ५ वर्ष व्यक्तिगत हित र परिवारको भरनपोषनमै केन्द्रित भए ।

उनले यहाँ हुँदा ज्ञयूएईमा दुस्ख पाएका नेपालीहरुलाई सकेको सहयोग गर्न चाहन्थे । एक्लै सामाजिकसेवामा लाग्ने उनको अवस्था पनि थिएन । नजिकका र आफ्नो सम्पर्कमा रहेका समस्यामा परेका नेपालीहरुलाई सक्दो सहयोग गरिरहे ।

त्यही सेरोफेरोमा यूएईमा झापाली समाज गठनको तयारी हुँदै थियो । सापकोटा पनि २०१३, सेप्टेम्बर १३ को तिहारको भाइटीकाको दिनमा गठन भएको झापाली समाज यूएईमा आबद्ध भए ।

सन् २०१५ को अन्त्यतिर झापाली समाज यूएईको सामाजिक अभियानमा संलग्न भएपछि उनको दिनचर्या फेरियो ।
एकता, सहयोग र सहकार्य गर्ने उनको भित्री चाहना उनले समाजको गतिविधिमा भाग लिएपछि पूरा भयो । यूएईभर रहेका झापालीहरुलाई एकत्रित गर्न उनले समय खर्चिए ।

पहिले रुमलिएर समय बिताउने दुर्गेशले शुक्रबारको समय पनि समाजको बैठक वा समाजले आयोजना गरेका कार्यक्रममा सहभागी भएर बिताउन थाले ।

कहिले रास अल खेमा त कहिले अलएनसम्म पुगेर समाजका क्षेत्रीय समिति गठन गर्नमा लागिपरे । यस क्रममा आफ्नो पैसा खर्च भए पनि विश्वासिला मित्रहरू भने कमाउँदै गए । भन्नेहरुले त समाजमा लागेर किन पैसा र समय बर्बाद गर्छौ सम्म भने । तर, समाजसेवा भनेको मनदेखि गरिने भावनात्मक काम रहेछ ।

पैसा दिएर मात्रै समाजसेवा हुँदैन । समस्यालाई समाधान गर्न सही सुझाव दिनु र पीडितको आत्मविश्वास जगाउनु पनि सेवा नै मान्ने सापकोटाले यूएई बसाइको अन्तिम दिन पनि यूएईमा समस्यामा परेका इलामका केशव अधिकारीको मुक्तिका लागि एनआरएन यूएईका महासचिव कृष्ण पौडेललाई झकझकाई रहेका थिए ।

समाजमा बसेपछि सबैले आआफ्नो सामाजिक दायित्व बहन गर्नुपर्ने आफ्नो तर्क पेश गर्थें । यस अबधिमा समाजले थालेका अभियान तथा कार्यक्रमहरुमा सापकोटाको उल्लेख्य योगदान रहन्थ्यो ।

समाजमा लिन होइन दिनका लागि काम गर्ने हो भन्ने मान्यता राख्ने सापकोटाको इमानदारिपूर्वक व्यबहारका कारण समाजले पनि लेखाको सम्पूर्ण जिम्मेवारी उनैलाई सुम्पियो ।

एक करोडको सामुहिक लगानी

आफ्नो क्षमताले भ्याएसम्म उनले एक कार्यकाल सफलतापूर्बक पूरा गरे । सामाजिक अभियानमा संलग्न हुँदा सापकोटाले कमाएको बिश्वासका कारण नेपालको कृषि क्षेत्रमा ३६ जना झापालीहरुको करिब १ करोडको सामूहिक लगानीमा शुरु भएको प्रोजेक्टको एक जिम्मेवार हिस्सेदार बनेका छन् ।

सामाजिक गतिविधिमा हिडेपछि भेटिएका उद्यमशील करिब ३६ जना झापालीहरुको समूहले झापाको गौरादहमा शुरु गरेको प्रवासी झापाली एग्रो फार्म प्रा.लिका सेयर सदस्य बन्ने अवसर सापकोटालाई झापाली समाजले दिलाएको सगर्व बताउँछन् ।

झापाली समाजमा आबद्ध आजीवन सदस्यहरुको व्याक्तिगत लगानीमा शुरु भएको उक्त फार्ममा पहिलो चरणमा बाख्रापालन गरिने र निकट भबिस्यमा क्षेत्र विस्तार गर्दै नमूना कृषि अध्ययन केन्द्र बनाउने समूहको लक्ष्य छ ।

उद्यमशीलता, सामुहिक लगानी, आत्मबल र सहकार्यको अर्थ र महत्त्व बुझ्न झापाली समाजले धेरै सहयोग गरेको सापकोटाको अनुभव छ ।

कम्पनी रजिस्टारको कार्यालय काठमाडौंमा दर्ता भइ झापाको गौरादहमा निर्माणकार्य जारी रहेको यो कृषि फार्मको चुक्ता पूंजी २ करोडको रहेको छ । यसका साथै इलामको कुनै पर्यटकीय स्थलमा होटेल संचालन गर्ने लक्ष्यका साथ सापकोटा नेपाल फर्किसकेका छन् ।

७ वर्षे यूएईको बसाई र सामाजिक अभियानको सम्लग्न्ताले सापकोटा समृद्धि र उद्यमशिलताको मार्गमा लाग्ने आत्मबल बढेको बताउँछन् ।

झापाली समाजबाट बिदाई

झापाली समाज यूएईले दुर्गेश सापकोटालाई सम्मानका साथमा बिदाइ गरेको छ । झापाली समाज यूएईका संस्थापक सदस्य सापकोटाले समाजको केन्द्रीय समितिको कोसाध्यक्षका रुपमा एक कार्यकाल सफलतापूर्बक जिम्मेवारी पूरा गरिसकेका छन् ।

फागुन ११ गते शुक्रबार बरदुबईको शुभयात्रा ट्राभलमा आयोजना गरिएको सम्मान तथा बिदाइ कार्यक्रममा प्रमुख अतिथिका रूपमा पूर्ब केन्द्रीय उपाध्यक्ष राजेन्द्रकुमार दाहाल उपस्थित थिए ।

दाहालले झापाली समाजको स्थापना गर्न र समाजलाई अगाडि लैजान सापकोटाले अतुलनीय योगदान गरेको स्मरण गराएका थिए ।

झापाली समाजका अध्यक्ष रोहितकुमार भण्डारीको सभापतित्वमा संचालित कार्यक्रममा समाजका महासचिव अशोक चापागाईंले झापाली समाजका प्रारम्भिक दिनहरुमा सापकोटाले निर्वाह गरेको भूमिका प्रंसंशनीय रहेको बताउ ।

समाजका सचिव जगत लुइँटेलले संचालन गरेको कार्यक्रममा समाजका कोसाध्यक्ष सुमन भट्टराई, केन्द्रीय सदस्य पारस लामा, बासुदेव चापागाईं, पूर्ब सचिव इन्द्र भण्डारी, दुबई क्षेत्रीय समितिका पूर्ब सल्लाहकार संयोजक टंक आचार्य उपस्थित भएर सापकोटालाई अबिर, दोसल्ला पहिराउदै सम्मान पत्रका साथमा बिदाइ गरिएको थियो ।

सभापतिको आसनबाट बोल्दै अध्यक्ष भण्डारीले आफ्नो क्षमताअनुसार सापकोटाले इमानदारीपूर्वक काम गरेको र यहाँबाट नेपाल फर्किएर पनि सामुहिक लगानीमा विस्वास गर्दै उद्यमशीलताको मार्गमा हिड्कोमा सापकोटालाई बधाई तथा शुभकामना दिएका थिए ।

सम्मानित ब्यतित्व सापकोटाले झापाली समाजमा आबद्ध भएर सामाजिक सेवा गर्ने अवसर पाएको र समाजको माध्यमबाट असल तथा आत्मीय मित्रहरू पाएको अभिव्यक्ति दिए ।

झापाली समाजले दिएको सम्मानलाई जिवनभरी भुल्न नसक्ने बताउँदै सापकोटाले आफू नेपालमै रहेर पनि समाजका गतिविधिमा सहभागी भएर सामाजिकसेवामूलक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता प्रकट गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment