Comments Add Comment

आर्सनलमाथि म्यानचेष्टर सिटीको अर्को जित

१८ फागुन, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर सिटीले आर्सनलमाथि शानदार जित हात पारेकेा छ ।

बिहीबार राति भएको खेलमा लिग लिडर सिटीले शीर्ष चारमा पर्न संघर्षरत आर्सनललाई ३-० गोल अन्तरले हराएको हो । अब सिटीलाई लिगमा बाँकी १० मध्ये ५ खेल जिते उपाधि पक्का हुनेछ ।

आर्सनलको सिटीसँग पाँच दिनमा दोस्रो हार हो । कार्बेला कपको फाइनलमा पनि आर्सनल सिटीसँगै ३-० ले नै पराजित भएको थियो ।

इमिरेट्स स्टेडियममा भएको खेलमा सिटीले १५ औं मिनेटमा बेनान्डो सिल्भाको गोलबाट अग्रता लिएको थियो । २८ औं मिनेटमा सिल्भाले गोल गरे भने पाँच मिनेटपछि सानेले गोल गरे ।

दोस्रो हाफमा भने दुबै टिमबाट गोल हुन सकेन ।

जितपछि म्यानचेष्टर सिटीको २८ खेलबाट ७५ अंक भएको छ र शीर्ष स्थानमा छ । आर्सनल भने ४५ अंकका साथ छैटौं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment