Comments Add Comment

नेइमार नहुँदैमा पीएसजीसँग खेल्नु सहज हुन्न : जिदान


१८ फागुन, काठमाडौं । रियल मड्रिडलाई शनिबार ला लिगामा गेटाफेविरुद्ध खेल्नुछ । तर, प्रि म्याच कन्फ्रेन्समा प्रशिक्षक जिनेदान जिदानले भने मंगलबार च्याम्पियन्स लिगमा हुने पेरिस सेन्ट जर्मेनविरुद्धको खेलमा केन्द्रित रहे ।

रियल मड्रिडले पहिलो लेग ३-१ ले जितेको छ र, दोस्रो लेगमा पीएसजीका स्टार स्ट्राइकर नेइमार हुने छैनन् । उनको ब्राजिलमा खुट्टाको अपरेसन गरिएको छ ।

‘पीएसजी बलियो टोली हो र जसले नेयमारको ठाउँ लिनेछन्, उनी पनि राम्रो हुनेछन्’ जिदानले भनेका छन्, ‘हामीलाई लाग्दैन कि नेयमार विना सहज हुनेछ ।’

उनका अनुसार खेलाडीहरुले पीएजीकै खेलबारे सोचेका छन् । ‘तर, मंगलबारको खेल अघि हामीले गेटाफेविरुद्ध राम्रो खेल्नुपर्छ’ उनले भनेका छन् ।

स्पानियोलविरुद्ध पहिलो हाफमा राम्रो खेले पनि दोस्रो हाफमा त्यसो नभएको उनले बताए । त्यो खेलमा इन्जुरी टाइममा गोल खाँदै रियल मड्रिड १-० ले पराजित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment