Comments Add Comment

झरनाको फिल्ममा सलिनमान नै हिरो


चलचित्र ‘ए मेरो हजुर २’ हिट मात्र भएन, यसबाट नव-नायक सलिनमान बनियाँले चलचित्र क्षेत्रमा धमकेदार इन्ट्री पनि मारे । सलिनको चकलेटी अनुहार, स्टाइलले धेरै दर्शकलाई आकषिर्त गर्‍यो । अभिनय औषत भएपनि उनको चकलेटी अनुहारले नै उनलाई नयाँ स्टारको रुपमा चर्चामा ल्याइदियो ।

तर, यो चलचित्र रिलिज भएपछि सलिनमान हराए । सलिनमानले चलचित्र नै गर्दैनन् भन्ने चर्चा पनि चले । उनलाई नेपालका चर्चित ब्यानरले अफर पनि गरे । तर, सलिनमानले चलचित्र नखेल्ने भन्दै अस्विकार गरे ।

सलिमानले अन्य ब्यानरका चलचित्र खेल्न खासै मन गरेका छैनन् । तर, उनले नायिका झरना थापाले नै निर्देशन गर्ने नयाँ चलचित्रमा काम गर्ने भने पक्का भएको छ ।
निर्माता सुनिलकुमार थापाले पनि यो कुरा सत्य भएको बताए । हामी ‘ए मेरो हजुर ३ वा भागवत गीता’ मध्ये एक बनाउने सोचमा छौ । जुन नामको चलचित्र पहिले बनेपनि सलिमान नै हिरो पक्का हो ।’

नायिका झरना थापा नेपाल फर्किएपछि कुन बनाउने भन्ने फाइनल गर्ने सुनिलको भनाई छ । तर, झरना र सुनिल तत्काल चलचित्र ‘भागवत गीता’ बनाउने र त्यसपछि मात्र ‘ए मेरो हजुर ३’ बनाउने सोचमा छन् । ‘ए मेरो हजुर ३’ पहिला बनाउँदा, केहि हतार हुने उनीहरुको वुझाई छ । तर, जुन चलचित्र बनेपनि नायकको रुपमा भने सलिनमान नै हुने पक्का छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment