Comments Add Comment

सभामुखको चुनाव २६ गते, भोलिपल्ट प्रधानमन्त्रीले विश्वासको मत लिने

२० फागुन, काठमाडौं । प्रतिनिधिसभाले आगामी शनिबार सभामुख चयन गर्ने भएको छ ।

प्रतिनिधिसभामा उपस्थित प्रमुख पाँच दलको आइतबार बसेको बैठकले सभामुख र राष्ट्रियसभा अध्यक्षको चुनावका साथै प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यतालिका तय गरेको हो ।

२६ गते प्रतिनिधिसभाको सभामुखको निर्वाचन हुने तय भएको एमालेका सांसद भानुभक्त ढकालले जानकारी दिए । भोलिपल्ट २७ गते प्रधानमन्त्रीको विश्वासको मत लिनेछन् भने ३० गते राष्ट्रियसभाका अध्यक्षको निर्वाचन हुनेछ ।

संघीय संसदको पहिलो बैठक भोलि बोलाइएको छ । सांसदहरुले आज सपथ लिँदैछन् ।

राष्ट्रपति निर्वाचनको २९ गतेलाई तोकिएको छ । त्यसअघि नै सभामुख र राष्ट्रियसभा अध्यक्ष चयन गर्नुका साथै प्रधानमन्त्रीले विश्वासको मत लिनेछन् ।

संघीय संसदको पहिलो बैठक बसेको १५ दिन भित्र प्रतिनिधिसभाका सभामुख, उपसभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्षको निर्वाचन सम्पन्न गरिसक्नुपर्ने हुन्छ ।

त्यसैगरी सरकार गठन भएको मितिले १ महिना भित्र संसदमा प्रधानमन्त्रीले विश्वासको लिइसक्नुपर्ने हुन्छ ।

सर्वदलीय बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभाको अन्तरिम कार्यविधिलाई अन्तरिम रुप पनि दिएको छ । अन्तरिम कार्यविधिलाई भोलि बस्ने संसदको पहिलो बैठकले पारित गर्ने माओवादी केन्द्रका सांसद दिनानाथ शर्माले जानकारी दिए ।

बैठकमा राष्ट्रिय जनता पार्टी, नेपालले नेता महेन्द्र राय यादवको उमेर विवादमा परेका कारण प्रतिनिधिसभाका दोस्रो जेष्ठ सदस्य महन्थ ठाकुरलाई प्रतिनिधिसभाका सांसदहरुलाई सपथ गराउन उपयुक्त हुने सुझाव दिएको थियो ।

त्यसैगरी बैठकमा पार्टीका प्रतिनिधिसभाका सदस्य रेशमलाल चौधरीलाई सुरक्षित ढंगले सपथग्रहण र संसदको कारबाहीमा भाग लिने व्यवस्था गर्न पनि आग्रह गरेको नेता वृशेषचन्द्र लालले जानकारी दिए ।

कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचन चौधरी टीकापुर घटनामा संलग्न भएको अभियोगमा पुर्पक्षका लागि थुनामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment