लण्डन । सारा विश्वको ध्यान सिरियाको युद्धले खिचिरहेको बेला गजलकार नृपेश उप्रेतीले यही विषयमा आधारित गजल ‘युद्धको चपेटा’ म्युजिक भिडियोसहित सार्वजनिक गरेका छन् ।
युद्धको भयावाह स्वरूपलाई प्रस्तुत गरिएको यो गीति गजललाई राज सागरले जीवन्त शैलीमा गएका छन् र संगीत भरेका छन्
म मारिने छु तिति पनि मारिनेछौ
रगतको होली सबको एजेन्डामा छ
यो गजलमा दुनियाँमा मडारिरहेको युद्धको कालो बादल, मानवीयताको अवस्थालाई प्रस्तुत गर्ने कोशिस गरेको गजलकार उप्रेती बताउँछन् ।
‘अहिले सिरिया, इराक, लिविया, सुडान, सोमालिया आदि देशहरुमा के भैरहेको छ, नेपालमा हिजो के भयो र अहिले दुनियाँ कतातिर जाँदैछ ती सबैको दर्पण हो यो सृजना ।’ उनी भन्छन् ।
यो गीति गजलको म्युजिक भिडियो अमेरिका निवासी गीतकार मनिष वाशिष्ठले तयार पारेका हुन् ।
दुनियाँका युद्धका फुटेजहरु र युद्ध सम्बन्धी भनाइहरुलाई संकलन गरेर मनिषले यो गीति गजलको भावलाई उत्तिकै जीवन्त शैलीमा भिडियोमा उतार्ने प्रयास गरेका छन् ।
प्रतिक्रिया 4