Comments Add Comment

दाङमा गाडीको ठक्करबाट एकको मुत्यु

२१ फागुन, दाङ ।  गाडीको ठक्करबाट सोबार एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तनहुँको रिसिङ गाउँपालिका– ६ का ६१ वर्षीय यामबहादुर थापा रहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक सुरज खड्काले जानकारी दिए ।

पोखराबाट तुलसीपुरतर्फ आउँदै गरको ना५ख ३१०१ नंको बसले थापालाई ठक्कर दिएको हो । पूर्व–पश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका– १ सुनडबरीमा थापालाई उक्त बसले ठक्कर दिँदा मृत्यु भएको हो ।

थापा तुलसीपुरमा रहेका छोरालाई भेट्न दाङ आउँदै गर्दा दुर्घटनामा परेका थिए । गम्भीर घाइते थापालाई लमही अस्पताल पु¥याएपछि उनलाई चिकित्सकले मृत घोषणा गरेको थिए । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment